म्याग्दीका शिशिर फेवातालमा मृत भेटिए
- ३ चैत्र २०७५, आईतवार
- 2435 पटक पढिएको
पोखरा । गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाहले प्रारम्भिक अनुसन्धानमा शिशिरले आफ्नो साथीलाई पठाएको म्यासेज अनुसार शिशिर आफै हामफालेको अनुमान गरिएकाे छ । ‘साथीलाई यहाँ खोज्न आउनु भनेर म्यासेज पठाएको तथ्य फेला पार्यौं ।’ उनले भने – ‘बाहिरी कपडा सबै खोलेर तालमा पसेछ । मोटरसाइकल माथि नै थियो, हेल्मेट तल थियो ।’
डिप्रेशनको औषधि समेत प्रयोग गर्ने गरेको थाहा भएको प्रहरीले जनाएको छ । शनिबार विहान सवा ९ बजेतिर खबर प्राप्त गरेपछि तत्काल पुगेको प्रहरी, सशस्त्रले तालबाट शिशिरको शव निकालेको डिएसपी शाहले जनाए । प्याराग्लाइडिंग ल्याण्ड हुने स्थान खपौदी क्षेत्रमा उनी भेटिएका हुन् । शवलाई पोष्टमार्टम गरि शनिवार नै बेनीमा अन्त्याेष्ठि गरिएकाे छ ।
गत फागुन १९ गते मात्रै कास्कीको अन्नपुर्ण गाँउपालिका २, ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीले यसैगरी फेवातालमा ज्यान फालेकी थिईन् ।
www.gandaknews.com बाट साभार
दुखद खवर । विगत केही बर्ष यता अात्महत्या गर्नेकाे सख्या बढ्दाे छ । यसलाइ कसरी न्युनीकर०ा गर्न सकिएला ??????? वावु शिशिरकाे अात्माले शान्तीपावस । भावपूर्ण श्रद्धाञ्जली ।