ताजा अपडेट
प्रथम चिनाकोट कपको उपाधी आयोजकलाई
- 6 बर्ष, 9 महिना अगाडि
- ५ बैशाख २०७६, बिहीबार
म्याग्दी, ५ वैशाख । नव बर्ष २०७६ को अवसरमा म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको खानिगाउँमा प्रथम चिनाकोट कप प्रतियोगिता सम्पन्न गरिएको छ । तत्कालिन बाईसे चौबिसे राजाको पालामा राजा बसेको ठाउ चिनाकोट लाई प्रचार प्रसार गर्ने उद्देश्यको साथ खानिगाउमा रहेको समाज मैत्री युवा क्लबद्वारा आयोजित प्रथम चिनाकोट कप फुटसलको उपाधी आयोजको... पुरा पढ्नुहोस
बेसाहारा दम्पतिलाई घुम्टे युवा परिवार द्धारा सहयोग ।
- 6 बर्ष, 9 महिना अगाडि
- ५ बैशाख २०७६, बिहीबार
गलकोट वैशाख ५ । सामाजिक संस्था घुम्टे युवा परिवार मल्म बागलुङले गलकोट नगरपालिका ९ छिसका बेसाहारा वृद्ध दम्पतिलाई खाद्यान्न र विस्तारा सेट सहयोग गरेको छ । संस्थाका सल्लाहकार संयोजक एवं वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटाको विशेष... पुरा पढ्नुहोस
विद्यालयमा ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा
- 6 बर्ष, 9 महिना अगाडि
- ५ बैशाख २०७६, बिहीबार
गलकोट ५ वैशाख । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ । पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना... पुरा पढ्नुहोस
मंगला र मुक्तिधाम माविमा कृषि प्राबिधिक विषयको पढाई हुने
- 6 बर्ष, 9 महिना अगाडि
- ५ बैशाख २०७६, बिहीबार
बेनी ५ बैशाख । म्याग्दीको दुई वटा सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि कृषि प्राबिधिकविषयको पठनपाठन सञ्चालन हुने भएको छ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला मावि र रघुगंगा गाउँपालिका २ भगवतीको मुक्तिधाम माविमा कक्षा ९ देखि १२ सम्म कृषि प्राबिधिक विषयको पठनपाठन सञ्चालनका लागि शिक्षा मन्त्रालयले अनुमती दिएको हो ।... पुरा पढ्नुहोस
फलातेमा खेलमैदान र भवनको उद्घाटन
- 6 बर्ष, 9 महिना अगाडि
- ५ बैशाख २०७६, बिहीबार
बेनी ५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ फलातेमा निर्माण भएको खेलमैदान, युवा क्लव र आमा समूहको भवनको बुधबार उद्घाटन गरिएको छ । ग्रुप स्टार युवा क्लव र लालीगुराँस आमा समूहले बनाएको खेलमैदान र भवनको नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले उद्घाटन गर्नुभएको हो । सभापति गर्बुजाले विकासका लागि समुदाय... पुरा पढ्नुहोस
पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकार महासंघ म्याग्दीद्धारा गृहमन्त्रालयलाई ज्ञापन पत्र
- 6 बर्ष, 9 महिना अगाडि
- ४ बैशाख २०७६, बुधबार
म्याग्दी, ४ वैशाख । समाचार लेखेकै आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई तत्काल रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले गृहमन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत महासंघले पत्रकारलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिनु राज्यको गम्भिर कमजोरी रहेको भन्दै ज्ञापन पत्र पठाएको... पुरा पढ्नुहोस
बगरबाट ढुङ्गा निकालिएकोमा खबराबासीको बिरोध
- 6 बर्ष, 9 महिना अगाडि
- ४ बैशाख २०७६, बुधबार
बेनी ४ बैशाख । बेनी बजार संरक्षण आयोजनाका लागि ग्यावीयन पर्खाल निर्माणका लागि म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट ढुङ्गा उत्खनन गरिएकोमा बेनपा २ खबराका बासिन्दाले बिरोध जनाएका छन् । बेनी बजार संरक्षण उपभोक्ता समितिले दोभानमा ढुङ्गा उत्खनन्का लागि परिचालन गरेको एक्साभेटरको चावी नियन्त्रणमा लिएर बुधबार स्थानीय प्रशासनलाई बुझाएको खबराका यामबहादुर... पुरा पढ्नुहोस
बास्कुनामा बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति
- 6 बर्ष, 9 महिना अगाडि
- ४ बैशाख २०७६, बुधबार
बेनी ४ बैशाख । बेनी नगरपालिका ४ बास्कुनामा मंगलबारको बर्षापछि आएको बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको छ । भकिम्ली हुदै आउने छहरेखोलामा आएको बाढीले हाडेभिर–बरंजा सडक, बास्कुना खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको हो । बाढीले सडक बगाएपछि बेनी देखि बगरफाँट सुर्केमेला बास्कुना थामडाँडा हुदै मंगला गाउँपालिकाको... पुरा पढ्नुहोस
ग्रिन डेभलपमेन्ट बैंकको दरबाङमा ९ औं शाखा स्थापना
- 6 बर्ष, 9 महिना अगाडि
- ४ बैशाख २०७६, बुधबार
साधन राम्जाली म्याग्दी ४ बैशाख । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको शाखाको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङमा नवौं शाखा विस्तार... पुरा पढ्नुहोस
थकाली सेवा समिति दरवाङ क्षेत्रलाई सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- ४ बैशाख २०७६, बुधबार
बेनी ४ चैत । थकाली सेवा समिति दरवाङ क्षेत्रलाई एक दम्पतीले साढे तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । काठमाडौ टोखा नगरपालिका ९ गोगंबुका पदम र लीला तुलाचनले सहयोग गर्नुभएको हो । लीलाका बुवा हिरा शेरचनको स्मृतिमा सहयोग गर्नुभएको थकाली समितिका अध्यक्ष बिनोद भट्टचनले जानकारी दिनुभयो । तुलाचनले समितिको... पुरा पढ्नुहोस