ताजा अपडेट
बेनी आवासीय माविको वार्षिकोत्सव
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
बेनी २४ फागुन । बेनी आवासीय माविले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको सञ्चालन र मनिषा भट्टराईको स्वागत मन्तब्यमा भएको कार्यक्रममा प्रिन्सीपल मनोहरराज गोर्खालीले विद्यालयको शैक्षिक, भौतिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।... पुरा पढ्नुहोस
म्याग्दीमा विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय महिला दिवस मनाइयो
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
सन्तोष गौतम बेनी २४ फागुन । ‘लैङगिक समानताका लागि समान सोच र व्यवहार ः सम्बृद्धिको आधार’ भन्ने मूल नारा सहित शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । बेनी नगरपालिका लगायत स्थानीय तह र विभिन्न संघ संस्थाहरुले ¥याली, अन्तरक्रिया, सभा र समारोहको आयोजना गरेर... पुरा पढ्नुहोस
शिखमा सम्पन्न एकिकृत घुम्ती शिविरबाट १४४ जनालाई नागरिकता वितरण
- 6 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७५, शुक्रबार
कमल खत्री म्याग्दी, २४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शुक्रवार सम्पन्न भएको दुईदिने एकीकृत घुम्ती शिविरबाट ६ सय बढी सर्वसाधारण लाभान्वित बनेका छन् । अन्नपूर्ण गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरमा १२० नयाँ र २४ वटा प्रतिलिपि सहित १४४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस
शिखमा एकिकृत घुम्ती सेवा शिविर सुरु, घरदैलोमा सेवा पाउँदा स्थानीय हर्षित (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
कमल खत्री म्याग्दी २२ फागुन । दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा विहिवारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको समन्वयमा सञ्चालन गरेको शिविरमा सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र पोखरेबगरबाट प्रवाह हुने सरकारी सेवा तथा सुविधाहरु उपलब्ध गराईएको... पुरा पढ्नुहोस
हिउँले विकासका काम ठप्प
- 6 बर्ष, 3 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
जोमसोम २३ फागुन । प्रतिकुल मौसम र निरन्तरको हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाहरु ठप्प भएका छन् । सडक, पुल, भवन, सिचाई, खानेपानी लगायतका पूर्वाधार आयोजनाको काम ठप्प बनेको हो । मजदुर र उपकरण परिचालन हुन सकेका छैनन् । स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका कार्यालयका... पुरा पढ्नुहोस
पिप्ले स्वास्थ्य चौकीको भवन हस्तान्तरण
- 6 बर्ष, 3 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
म्याग्दी २३ फागुन । रघुगंगा गाउँपालिका ३ पिप्ले मा निर्माण भएको स्वास्थ्य चौकीको भवन बुधबार हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले निर्माण गरेको भवन स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । निर्माण व्यवसायी नारायण जिसीले कार्यालयका प्रतिनिधि र स्थानीयबासीको... पुरा पढ्नुहोस
मालिका जोड्ने सडक निर्माण सुरु
- 6 बर्ष, 3 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
सन्तोष गौतम बिम २३ फागुन । म्याग्दीको धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण सुरु भएको छ । मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट बिम्बाङ हुदै मालिका जोड्ने सडक आयोजना सुरु गरेको हो ।गाउँपालिकाले बिनियोजन गरेको पचास लाख रुपैयाँ बजेटबाट उपभोक्ता समिति मार्फत सडकको ट्याक खोल्ने काम सुरु गरिएको वडा अध्यक्ष... पुरा पढ्नुहोस
राम्चेमा अतिथी गृह
- 6 बर्ष, 3 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
सन्तोष गौतम । म्याग्दी, २३ फागनु । गाउँमा भित्र्ने पर्यटक र पाहुनालाई खाने बस्ने सुबिधाका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा महिलाहरुको अगुवाइमा अतिथी गृह सञ्चालन भएको छ ।राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर त्यहाँ अतिथी गृह सञ्चालन गरेको हो । बीस लाख रुपैयाँमा निर्माण भएको भवनमा गाउँमा... पुरा पढ्नुहोस
शान्तिकोषको अक्षयकोषका लागि कृष्णबहादुर पुर्जाद्धारा दुई लाख सहयोग
- 6 बर्ष, 3 महिना अगाडि
- २३ फाल्गुन २०७५, बिहीबार
म्याग्दी २३ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि कृृष्णबहादुर पुर्जाले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । पर्वतको जलजला गाउँपालिका– १ बासखर्कमा घर भई रोजगारको शिलशिलामा हङकङमा बस्दै आएका मोना हङकङका साधारण सदस्य रहेको पुर्जाले ओमकुमारी शान्ति... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको कार्यालयका लागि जग्गाको व्यवस्थापन
- 6 बर्ष, 3 महिना अगाडि
- २२ फाल्गुन २०७५, बुधबार
बेनी २२ फागुन । दरवाङमा मालिका गाउँपालिका लगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन भएको छ । गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको भेला मार्फत दरवाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा व्यवस्थापनका लागि स्थानीय स्तरमा सहमती जुटेको हो ।समुदाय स्तरबाट जुटेको सहमती कार्यान्वयनका लागि जिल्ला... पुरा पढ्नुहोस