विकास योजनामा जनताको उत्साहजनक सहभागिता
- १३ जेष्ठ २०७६, सोमबार
- 2120 पटक पढिएको
धिरन खत्री,
म्याग्दी, १३ जेठ । ग्रामिण भेगका जनतासंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विकास योजना कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको छ । कृषि खेतीमा ब्यस्त कृषकहरु, बैदेशिक रोजगारको शिलशिलामा युवाहरु दिनदिनै गाउँ जोड्दै पलायन भएपनि जनतासंग प्रत्यक्ष लाभ हुने योजना तर्जुमा एवम् बजेट विनियोजन तथा कार्यान्वयनमा जनताको चासो र उपस्थित बढीरहेको देखिन्छ ।
सिहँदरवारको अधिकार गाउँगाउँमा भन्ने मूल नारालाई आत्साथ गर्दै स्थानीय सरकार बस्तीस्तरका जनताको दिगो आवश्यकतालाई बुझेर योजना छनोटमा प्रथामिकता दिएको छ । जिल्लाको अधिकाशं भु–भागका बस्तीहरु बसाईसराई र बैदेशिक रोजगारले जनसंख्या न्युन तथा बृद्धबृद्धा र बालबालिका मात्र रहेपनि गाउँको विकास निर्माणमा भने चासो र चिन्तन घटेको छैन् । बालक देखि बृद्ध र टोलसुधार समिति, राजनीतिक दल प्रतिनिधि मुलक उपस्थित रहदै आएको छ ।
जिल्लामा विकास योजनाहरुको अनुगमन, आगामी आर्थिक बर्ष २०७६/७७ को बस्तीस्तरको, योजना तर्जुमा कार्यक्तमलाई ६ ओटै गाउँपालिकाले प्राथमिकता दिएको छ । त्यस्तै रघुगंगा गाउँपालिकाले वडास्तरमा पुगेर विकास योजनाहरु अनुगमन तथा आगामी आर्थीक बर्षको योजना तर्जुमालाई अन्तिम चरणमा पु¥याएको छ।
गाउँपालिकाले वडाको समन्वयमा टुक्रे योजना हटाउदै दिगो र प्रभावकारी योजना छनोट गर्न बस्तीस्तरका जनताहरुको उपस्थितमा छनोट कार्यक्रममा टोल सुधार समितिका मुख्य पदका ब्यक्ति, आमासमुह, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, सदस्य, प्रशासकिय अधिकृत र विषयगत शाखाका कर्मचारीको उपस्थितमा योजना तर्जुमा गरेको छ।
ग्रामिण भेगका जनता कृषि, रोजगार र बैदेशिक रोजगारमा युवाहरु भएपनि सबै क्षेत्रको प्रतिनिधिमुलक जनताको उपस्थितबाट छनोट गरिएको योजनाहरु कार्यान्वयन हुने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताए ।
रघुगंगा गाउँपालिकाका जनताले प्रत्यक्ष रुपमा निर्वाचित गरेका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरु र टोल सुधार समिति, आमा समुहको उपस्थितमा गरिएको योजना तर्जुमाले भूगोल र बस्तीस्तरको दिगो योजना प्राथमिकता पर्ने छन् । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत थापाले योजना तर्जु कार्यक्तममा जनसहभागिता प्रतिनिधिमूलक ढंगबाट भएमात्र विकास योजना छनोट तथा कार्यान्वयन प्रभावकारी भएमात्र अन्य रोजगारका आधारहरु निर्माण गर्न सहज हुने बताए ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले कृषि, पर्यटन, सामाजिक विकास, पुर्वाधार, सडक वनवातावरण, शुसान तथा सेवा प्रवाहलाई प्राथमिकता दिएर जनप्रतिनिधि, कर्मचारी र जनतालाई काम गर्न सहज हुने गौरव योजनामा प्राथमिकता दिएको बताए । प्रत्येक वडामा कृषि नर्सरी स्थापना गर्ने योजनासाथ अघि बढेको जानकारी गराउदै ब्यवसायिक कृषि खेतीबाट रोजगारी तथा आम्दानीको वातावरण सिर्जना गर्न गाउपालिकाले प्रदेश र संघसंग समन्वय गर्ने बताए ।
त्यस्तै वडा नम्वर २ का वडा अध्यक्ष रिमबहादुर कटुवालले जनताहरुले योजनाहरु माग गर्छन तर बजेट अभाव लगायतका विभिन्न कारणले योजना अलपत्र पर्ने समस्या बढी रहेको बताउदै योजनाहरु पारित गर्र्दा प्राविधिक लागत अनुसार बजेट विनियोजन गर्नुपर्ने बताए ।
सिहदरवारको अधिकार गाउँगाउँमा पु¥याएपनि ग्रामिण भेगको विकास योजना छनोट तथा कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी र समुदायको सहकार्यमा प्रभावकारी हुनुपर्ने देखिन्छ ।