जन आवाज विद्यालयमा छात्रवृत्ति र पुरस्कार वितरण

  • १४ जेष्ठ २०७६, मंगलवार
  • 1974 पटक पढिएको

म्याग्दी,१४ जेठ । म्याग्दीको मंगला–१ पुर्णगाउँमा रहेको जन आवाज आधारभुत विद्यालयमा बार्षिक परिक्षा २०७५ को पुरस्कार तथा विविध छात्रावृत्ति वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा मार्फत उपलब्ध दलित, छात्रा तथा अपाङ्गता भएका ४६ बालबालिकाका लागी एकमुस्ट १९ हजार बराबरको छात्रवृत्ति वितरण गरिएको थियो ।


त्यसैगरि बाल विकासमा रहेका १५ जना, कक्षा १ देखि ५ सम्म रहेका जनजाती तथा अन्य १६ जना छात्रहरुलाई विद्यालय व्यवस्थापन समितीले आन्तरिक विद्यालय कोषबाट रु ९ हजार रुपैया वितरण गरिएको थियो । नमुना विद्यालयको रुपमा चिनिन थालेको यस विद्यालयमा बार्षिक परिक्षा २०७५ का प्रथम, दित्तीय र तृतिय तथा अनुशासन, सरसफाई, गृहकार्य, हाजिरी र सर्वोकृष्ट अंक ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।


शिक्षक अभिभावक सघंका अध्यक्ष निर्मला बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा मंगला–१ कुहुँका वडा सदस्य जितमान गौचन, विद्यालयका शिक्षा विकास कोषका संयोजक शान्ती के. सी, सल्लहकारर रन बहादुर अर्मजा, विद्यालयका प्रअ सुन बहादुर वि.कले मन्तव्य राख्नुभएको थियो । बक्ताहरुले विद्यालयको समग्र विकासको लागी समुदायको उत्कृष्ट भुमिका रहनेमा जोड दिएका थिए । शिक्षिका मायाँकुमारी अर्मजाको स्वागत मन्तव्य र शिक्षिका दुर्गा कुमारी वि.क को सञ्चालनमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।