ताजा अपडेट

म्याग्देली मोडल नविनले अञ्जलीसंग गरे अभिनय, यस्तो बन्यो ‘च्युरी गुलियो’ म्युजिक भिडियो

म्याग्दी, २७ असार । म्याग्दीका मोडल नविन केसीले अभिनय गरेको ‘च्युरी गुलियो’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ । अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी र म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका केसीले नृत्य एवम अभिनय गरेको गीतको म्युजिक भिडियो युटुब मार्फत बजारमा ल्याइएको हो । काठमाण्डौमा बसेर अध्ययन गर्दै आएका केसीले यसै... पुरा पढ्नुहोस

ओखरबोटका बेसाहारा बालकको पढ्ने धोको अधुरै (भिडियो सहित)

बेनी, २७ असार । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट मटौकाका मनोज श्रीपालीको अध्ययन गर्ने चाहना अधुरो भएको छ । अभिभावकविहिन ११ बर्षिय श्रीपाली संरक्षकत्व नपाउँदा सडकमा भौतारिएर हिड्ने गरेका छन् । श्रीपालीको जन्म लगत्तै उनका बुबा भारततर्फ गएपछि घर फर्किएका छैनन भने दोस्रो विवाह गरेकी आमाको समेत निधन भैसकेको छ ।... पुरा पढ्नुहोस

म्याग्देली गायक भण्डारीको ‘नसक्ने कुरा कसरी दिउँ’ बजारमा (भिडियो सहित)

म्याग्दी २७ असार । म्याग्देली गायक राजिन भण्डारीको ‘नसक्ने कुरा कसरी दिउ म’ बोलको गीत बजारमा आएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका गायक भण्डारीको स्वर रहेको आधुनिक गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।   कलाकार आर्यन श्रेष्ठ र यरिना तामाङको अभिनय रहेको उक्त गितका म्युजिक... पुरा पढ्नुहोस

औलामा उद्घोषणकला तालिम सम्पन्न

  औला २७ असार । अन्नपूर्ण गाउँपालिका ७ औलामा बिहीबार उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा मण्डली सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालन भएको तालिममा वडाका विभिन्न बस्तीका ३२ जनाको सहभागिता रहेको थियो । तालिमको पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य सन्तोष गौतमले... पुरा पढ्नुहोस

अर्मनका मिर्गौला पिडित बुढालाई बेनीमा ५० हजार बढी सहयोग जुट्यो

म्याग्दी २६ असार । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन नेटाका मिर्गौला पिडित दिपबहादुर बुढा मगरलाई बेनीमा रु ५० हजार बढी सहयोग जुटेको छ । दुबै मिर्गौलामा समस्य ादेखिएपछि पोखराको फिस्टेल अस्पतालमा नियमित उपचार गराउँदै आएका बुढालाई युवा सञ्जाल म्याग्दीले बुधवार ५० हजार ६ सय ५१ रुपैयाँ सहयोग संकलन गरेको हो ।... पुरा पढ्नुहोस

म्याग्दीमा भानु जयन्ती मनाईदै

म्याग्दी, २६ असार । साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्ती मनाउन लागेको हो । असार २९ गतेका भानु जयन्तीको अवसरमा ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको हो । संचारले स्थापना कालदेखि नै भानु जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गर्दै आएको छ । म्याग्दी... पुरा पढ्नुहोस

फलामेडाँडामा पाहुना घर

  बेनी २६ असार । करबाकेली पदमार्ग अन्तरगत जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडामा सामुदायिक पाहुनाघर निर्माण गरिएको छ । गाउँको भ्रमणमा आउने पाहुनाको खाने बस्ने सुबिधाका लागि स्थानीय वासिन्दाहरुले सामुदायिक पाहुनाघर बनाएका हुन् । समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा अवस्थित फलामेडाँडा लगायत म्याग्दी र उत्तरी पर्वतका पर्यटकीय... पुरा पढ्नुहोस

शिखमा पुल मर्मत र पदमार्ग निर्माण

  सेते तिलिजा पुन शिख २५ असार : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिका–५ शिखको ठूलोपाखामा झोलुङ्गे पुलको मर्मत र पदमार्ग निर्माण भएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत बेरोजगार फारम भरेका युवाहरुलाई परिचालन गरेर झोलुङ्गे पुलमा काठका फल्याक परिवर्तन गरिएको छ । गाउँदेखि पुलसम्म जाने करिब... पुरा पढ्नुहोस

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी वेष्ट पोइन्टलाई

  बेनी २६ असार । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा बुधबार बेनीमा सम्पन्न पाँचौ राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ ।१३ स्वर्ण, ११ कास्य र ३ रजत पदक सहित वेष्ट पोइन्टले उपाधि जित्दा १० स्वर्ण, ९ कास्य... पुरा पढ्नुहोस

कालीगण्डकी नदीको कटानले तिप्ल्याङको बेलिब्रिज जोखिममा

  सन्तोष गौतम बेनी २५ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना स्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज जोखिममा परेको छ ।कालीगण्डकीको कटानका कारण अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने सडक अन्तरगत पर्ने तिप्ल्याङको बेलिब्रिज जोखिममा परेको हो । कालीगण्डकीले महभिर तर्फको पुलको बिम... पुरा पढ्नुहोस