ताजा अपडेट

जिपिए अनुसार म्याग्दीको एसईई नतिजा

सन्तोष गौतम बेनी १४ असार । राष्ट्रिय परिक्षा बोर्डले लिएको २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजामा म्याग्दीका ३.६४ देखि माथिकाे जिपिए ल्याउनेको संख्या ३४ जना छ । गत चैत महिनामा सञ्चालन भएको एसईईमा म्याग्दीका १० वटा निजी सहित ७१ वटा विद्यालयका एक हजार २२९ जना विद्यार्थीहरु सहभागि भएका थिए... पुरा पढ्नुहोस

म्याग्दीमा वृक्षारोपण दिवस मनाईयो

बेनी १४ असार । म्याग्दीमा शनिबार विभिन्न कार्यक्रम गरेर वृक्षारोपण दिवस २०७६ मनाइएको छ । डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह र विभिन्न संघ संस्थाको आयोजनामा रुख रोपेर दिवस मनाइएको हो । डिभिजन वन कार्यालयको सहयोग र गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बेनी नगरपालिका ९ काउलेगौडामा वृक्षारोपण... पुरा पढ्नुहोस

भकिम्लीको डोलेमा पशु स्वास्थ्य शिविर

बेनी १४ असार । बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा शुक्रबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा ग्रामिण क्षेत्रका कृषकहरुलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन भएको हो । शिविरमा ९० जना कृषकहरुको करिब तीन हजार पशुपंक्षिका लागि औषधी वितरण... पुरा पढ्नुहोस

बेग स्वास्थ्य चौकीलाई पाँच रोपनी जग्गा दान

बेनी १४ असार । रघुगंगा गाउँपालिका– १ बेगको स्वास्थ्य चौकीलाई स्थानीयले पाँच रोपनी जग्गा निशूल्क उपलब्ध गराएका छन् । बेगका लोकबहादुर फगामी, हिमबहादुर फगामी र गोपी फगामीले दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा उपलब्ध गराउनुभएको हो । फगामी त्रयले शुक्रबार मालपोत कार्यालय म्याग्दीबाट स्वास्थ्य चौकी व्यवस्थापन समितिको नाममा जग्गा रजिष्ट्रेशन... पुरा पढ्नुहोस

बाढीले बगाएको दरखोला लघुजलविद्यूत पुननिर्माण सुरु (फोटो फिचर)

कमल खत्री म्याग्दी १३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा ४ बर्ष अघि बाढी र पहिरोले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजनालाई पुननिर्माण सुरु गरिएको छ । बाढीले लघुजलविद्यूत बगाएपछि अन्धकारमा बस्दै आएका वडा नम्बर २ को लुलाङ, लमसुङ, खोरीया लगायतका ३४० बढी घरधुरीको सुविधाको लागि परियोजनालाई नयाँ पूर्वाधार सहित पुननिर्माण... पुरा पढ्नुहोस

सडकको अवस्था

बेनी, १३ असार । बर्षायामसंगै बेनी जोमसोम सडक अन्तर्गत बेगखालामा फसेको यात्रुबाहक लामो दुरीको बस । यात्रुहरुले हिलामो फसेको गाडीलाई निकाल्न सामुहिक रुपमा पेल्दै । तस्विरः धिरन खत्री, म्याग्दी । पुरा पढ्नुहोस

बगरफाँटमा नविन आनन्द योगको शाखा

बेनी १३ असार । जलजला गाउँपालिकाको बगरफाँटमा नविन आनन्द योग केन्द्र नेपालको शाखा विस्तार भएको छ । बगरफाँटमा योग अभ्यासलाई अभ्यासलाई संस्थागत, विस्तार र निरन्तरता दिने उद्देश्यले हिराबहादुर बरुवालको अध्यक्षतामा केन्द्रको शाखा गठन भएको हो । शाखाको उपाध्यक्षमा गौरीदेवी रिजाल (पार्वती), सचिवमा निर्मला केसी जिसी, कोषाध्यक्षमा सरिता जिसी र सहसचिवमा... पुरा पढ्नुहोस

सडकले दुर्गम बस्तीको उत्पादीत बस्तुलाई बजार पु¥याउन सहज

  म्याग्दी, १३ असार । सडक पहुचँ नपुगेका म्याग्दीमा धेरै दुर्गम बस्ती छन् । तर पछिल्लो समय स्थानीय, प्रदेश र संघिय सरकारको सहयोग तथा स्थानीयको जागरुताले म्याग्दीका अधिकांश दुर्गमबस्ती सडक पुग्न थालेको छन । भौगोलिक विकटता चिनिएको रघुगंगा गाउँपालिकाको वडा नम्वर ६ स्थित ठाडाखानी गाउँमामा सडक पुगेपछि सदरमुकाम आवातजावत सहज... पुरा पढ्नुहोस

बेनी नगरपालिकाकाे जेठ ३ को निर्णय कार्यान्वयन नगर्न गरेको आदेश खारेज, निर्णय कार्यान्वयन गर्ने बाटो खुल्यो

म्याग्दी १२ असार । बेनी नगरपालिकामा गत जेठ ३ गते भएको कार्यपालिका बैठकमा मेयर हरिकुमार श्रेष्ठको असहमतिका बिच भएको बहुमतको निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ । उच्च अदालत पोखराको बागलुङ इजलासमा विहिविार मेयर र कार्यपालिका सदस्यहरु दुबै पक्षको छलफल र बहसपछि गत २९ गतेको इजलासले असार १२ गतेसम्म ३... पुरा पढ्नुहोस

बरंजामा विद्यालय शिक्षा कार्यक्रम

  म्याग्दी, १२ असार । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यामिक विद्यालयमा बिहीबार विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आपतकालित ५ अवस्थामा प्राथमिक उपचारको बिधीका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा १५० जना विद्यार्थीका साथै शिक्षक शिक्षिकाहरुलाई अभिमुखीकरण गरिएको थियो । कार्यक्रमको... पुरा पढ्नुहोस