मृगौला पीडित ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त
- ३ कार्तिक २०७६, आईतवार
- 2368 पटक पढिएको
म्याग्दी, ३ कात्तिक । विगत ३ बर्षदेखि मृगौलामा समस्या देखिएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका २६ बर्षिय ठाकुर परियारलाई जापानबाट २० हजार सहयोग प्राप्त भएको छ । पढाइ तथा रोजगारको शिलशिलमा जापानमा रहेका रघुगंगा गाउँपालिका–२ सिजलगाउँका अस्विन भण्डारीको संयोजनमा सो रकम संकलन भएको हो ।
जापानमा रहेका एघार जना द्धारा सो रकम संकलन गरिएको संयोजक भण्डारीले जानकारी दिए । संकलन गरिएको रकम मृगौला पीडितको आमालाई हस्तान्तरण गरिएको छ । विभिन्न क्षेत्रमा रोजगारी गरेर परिवारलाई सुखी दिलाउने युवा अवस्थामा मृगौलामा समस्या देखिएको छोराकोे उपचारखर्च जुटाउन आमा फुुलु परियारलाई सास्ती परेको छ । परिवारको आर्थिक अवस्थाले पारिवारिक खर्च चलाउन ग्राहो भएको अवस्थामा औषधी किन्ने पनि पैसा छैन् । महिनाको ४० हजार औषधी तथा रगतको लागि खर्च लाग्छ । खेत धितो राखेर र ऋृण खोजेर उपचार गरे त्यसले नपुगेर सबैलाई सहयोगको अपिल गरेको पीडितको आमाले बताउछिन् ।
डाक्टरले छोराको उपचार सफल हुन्छ भनिरहेको छ । छोरालाई बचाउन मृगौला आफै दिने आमा निर्णय गरेकी छन् । मृगौला प्रत्यारोपण गर्नका आर्थिक अभाव परिरहेको छ । पीडितको आमाले बताउछिन् ।
आमा फुलु परियारले विभिन्न संघसंस्था तथा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाईलाई सहयोग गरिदिन अपिल गरेकी छन् । ठाकुरको उपचार अहिल्य लेखसिटि अस्पताल पोखरामा भईरहेको छ । राखु भगवती बडादशै मेलामा पनि १३ हजार ७६० रुपैया आर्थिक संकलन भएको थियो ।