ताजा अपडेट

कालिगण्डकी नदीकोे बहाफ उच्च : रुप्से झरनाले होटल,जेसिभि र बस बगायो

म्याग्दी, ५ साउन । माथिल्लो भेगमा भएको अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी नदी उर्लिएर आएको छ । निरन्तर लेखमा मनसुनले मुल पलाएर खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाफ बढेको हो । बर्षासंगै आएको कालिगण्डकी नदी सतह बढ्दा म्याग्दीको सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिकामा वजार नजिकका घरहरु जोखीममा... पुरा पढ्नुहोस

६ जना कोरोना संक्रमित म्याग्दीमा थपिए

म्याग्दी, ४ साउन । आइतबार म्याग्दीमा ६ जना पुरुषमा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको असार ३१ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाका... पुरा पढ्नुहोस

पहिरोले दाना–खुर्कोट प्रशारण लाइनको १४ नम्वरको टावर ढल्यो

म्याग्दी, १ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका –३ स्थित  दाना–खुर्कोट लाईनको पर्वतको खण्डको १४ नम्वरको पिल्लर माथिबाट आएको बाढीसहितको पहिरोले ढलेको छ । कालीगण्डकी कोरीडोर अन्तरगत नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको जलजला गाउँपालिका–७ मिलनचोकस्थित टावर ढलेको हो । धाइरिङको डिलबाट आएको पहिरोले कुनातर्फको दुई वटा... पुरा पढ्नुहोस

मराङ र विमका पहिरो पीडितको लागि मोना बेल्जियमद्धारा २ लाख ११ हजार आर्थिक सहयोग

म्याग्दी, १ साउन । मोना बेल्जियमद्धारा विम र मराङका बाढी र पहिरो पीडितलाई २ लाख ११ हजार २७२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक र महासचिव प्रदीप थापा सुमन लगायतको सक्रियतामा संकलित रकम मोना आईसिसिका उपाध्यक्ष सुर्य भट्टचनले ओम कुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई... पुरा पढ्नुहोस

नेपाली काँग्रेसले मराङमा पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण

  म्याग्दी, १ साउन । नेपाली काग्रेस म्याग्दीले धौलागिरि गाउँपालिका–६ मराङस्थित कल्लेनीका पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण गरेको छ । असार २५ गते अविरबर्षासंगै बाढी र पहिरोबाट पीडित र विस्थापित परिवारलाई शिवाङ मावि ताकममा पुगेर राहत वितरण गरेको हो । कल्लेनीमा पहिरोको जोखिमबाट विस्थापित भएर ताकमको सिवाङ माविमा बसेका ६०... पुरा पढ्नुहोस

इन्द्रेणी र ओमकुमारी शान्तिकोषले उपचारत विरामीलाई आर्थिक सहयोग

म्याग्दी, ३१ असार । विम र मराङका बाढी र पहिरो पीडितलाई सहयोग गर्न आएको इन्द्रेणी टिम र ओमकुमारी शान्ति कोषले उपचारत विरामीलाई आर्थिक सहयोग गरेका छन् । करेण्ट लागेर दुवै हात गुमाएका मंगला गाउँपालिका– २ बावियाँचौरका खिम पुनलाई ओमकुमारी शान्तिकोषबाट ४० हजार, पोर्चुगलमा रहेका यामलाल पौडेललको संयोजनमा संकलित रकम ७०... पुरा पढ्नुहोस

पिप्लेमा वृक्षारोपण

म्याग्दी, ३१ असार । राष्ट्रिय वृक्षारोपण बर्ष २०७६/०७७ अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा कल्की, कपुर र धुवीका विरुवाहरु बुधबार रोपिएको छ । डिभिजन वन कार्यालय र रघुगंगा सव–डिभिजन वन कार्यालयको आयोजनामा बृक्षारोपण आयोजना गरिएको हो । फरेस्टर रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितमा विरुवा रोपेर वृक्षारोपण... पुरा पढ्नुहोस

९ जना कोरोना संक्रमित म्याग्दीमा थपिए

म्याग्दी ३० असार । म्याग्दीमा नौजना कोरोना संक्रमित थपिएका छन् । रोजगारको शिलशिलासंगै कुवेत, कतार र भारतबाट आएर म्याग्दी बेनीस्थित विभिन्न क्यारेन्टायनमा बसेका ९ जनामा कोरना देखिएको हो असार २८ गते नमुना संकलन गरि पोखराको प्रयोगशालामा लगेर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । कोरना संक्रमित कुवेतबाट आएका ६... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा टिप्परसहित बेपत्ता चालकको शव भेटियो

म्याग्दी, ३१ असार । मंगलबार बेलुका म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ गुइठेबाट कालीगण्डकी नदीमा बेपत्ता भएका टिप्पर चालकको शव शोही गाउँपालिकाको रातोपानीमा भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर टिपरसहित कालीगण्डकीमा बेपत्ता म्याग्दीको मंगला गाउपालिका– ५ छिसबाङका ज्ञानबहादुर पुनको मृत... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा टिप्पर खस्दा चालक बेपत्ता

म्याग्दी, ३१ असार । बेनी– जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ गुइठेभिरबाट मंगलबार कालीगण्डकी नदीमा टिपर खस्दा चालक वेपत्ता भएका छन्। गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो। टिपरसहित कालीगण्डकीमा बेपत्ता भएका चालक म्याग्दीको मंगला गाउपालिका– ५ छिसबाङका... पुरा पढ्नुहोस