ताजा अपडेट

फोनीज म्याग्दीको अध्यक्षमा साधन राम्जाली

म्याग्दी, २५ मंसिर । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज ) म्याग्दीको अध्यक्षमा साधन राम्जाली सर्वसम्मत भएका छन् । देशभर एकसाथ भएको फोनिजको अधिवेशन अन्तरगत सदरमुकाम बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट राम्जालीको नेतृत्वमा म्याग्दीको सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्वुजा र... पुरा पढ्नुहोस

बुटवलमा जारी महिला भलिबल खेलमा म्याग्दी सेमिफाईनलमा

म्याग्दी, २४ मंसिर । बुटबल उपमहानगरपालिका, बुटवल रुपन्देहीको आयोजनामा जारी उपमेयर कप राष्ट्रिय भलिबल प्रतियोगिता-२०७८ म्याग्दी महिला भलिबल टोलीले तिलाकुर नगरपालिकालाई हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ । म्याग्दी जिल्लाबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रर्दशन गर्दै सेमिफाईनलमा प्रवेश गरेको मुख्य प्रशिक्षक मलिन रोकाले जानकारी दिएका छन् । पवित्रा सिर्पालीको कप्तानीमा म्याग्दीबाट... पुरा पढ्नुहोस

जेसीज कप फुटबलको सेमिफाईनलमा बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाईन्ट प्रवेश

म्याग्दी २४ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाईनट विद्यालय प्रवेश गरेका छन् । बेनीको खुल्लामञ्चमा जारी प्रतियोगितामा शुक्रबार भएको क्वाटरफाईनलमा बेनी बोडिङलाई बुद्ध एकेडेमीले शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने... पुरा पढ्नुहोस

लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतना आवश्यक

  म्याग्दी, २४ मंसिर । बेनीमा शुक्रबार भएको एक कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुनी सचेतनामा जोड दिनुभएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन तथा मानव अधिकार दिवसको अवसरमा भएको कार्यक्रममा सहभागीहरुले शिक्षा, चेतना र कानुनी उपचारका माध्यमबाट हिंसा न्युनीकरण गर्नुपर्ने बताउनुभएको हो । सामाजिक बिकास कार्यालय,... पुरा पढ्नुहोस

पत्रकार गौतमलाई “मिडिया सोसाइटी अवार्ड”

म्याग्दी, २४ मङसिर । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार “मिडिया सोसाइटी अवार्ड-२०७८” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा रु. सात हजार ८६५ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका-५ का... पुरा पढ्नुहोस

मिडिया सोसाइटीको तेस्रो अधिवेशन टोड्केमा, अध्यक्षमा खत्री चयन ( तस्बिर सहित)

म्याग्दी, २४ मङसिर । म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । शुक्रवार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट खत्रीको अध्यक्षतामा नेतृत्व चयन भएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिकको प्रकाशक/सम्पादक हुनुहुन्छ ।  ... पुरा पढ्नुहोस

जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा म्याग्दीका वकिल केसी चयन

लिस्वन । म्याग्दीका वकिल केसी नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा चयन भएका छन । उनि आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । समितिको छैटौं अधिवेशनले केसीलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । म्याग्दीकाे रघुगंगा गाउँपालिका ३ माैवाफाँट घर भइ पाेर्चगलमा व्यवसाय गर्दै अाएका  केसी क्षेत्रीय... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठुलो होटल निर्माण हुँदै (भिडियो)

म्याग्दी २३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठुलो होटल निर्माण हुन लागेको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ सञ्चालनमा ल्याउन लाग्नुभएको हो । रोयल, डिलक्स र साधारण गरि तीन स्तरका सुविधा... पुरा पढ्नुहोस

पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत

पुलाचौर, २२ मङसिर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ ।  धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । कोषले पहिलोपटक नेपाल पत्रकार... पुरा पढ्नुहोस

बेनीमा जेसीज कप फुटबल सुरु, पाँच विद्यालयले गरे बिजयी सुरुवात

https://www.youtube.com/watch?v=eRKC33NyMVk     म्याग्दी २२ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता बेनीमा सुरु भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र... पुरा पढ्नुहोस