हेम माविमा अखिल क्रान्तिकारी गठन

  • १६ चैत्र २०७८, बुधबार
  • 739 पटक पढिएको

म्याग्दी १६ चैत । धवलागिरि गाउँपालिका–७ शिवाङ्गमा रहेको हेम माध्यमिक विद्यालयमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी गठन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच संगिता भन्डारीको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिउको हो ।

समितिमा रुपेस सुनार उपाध्यक्ष, सुवास विक सचिव , कृस्टीना गुरुङ कोषाध्यक्ष , वेग बहादुर पुन सह सचिव रहनुभएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका सदस्य किरण थापा , दलित मुक्ति मोर्चाको धवलागिरी अध्यक्ष प्रेम दमाइ , वडा नं ७ ताकमका वडा कमिटीका अध्यक्ष अशोक खत्री लगायतको उपस्थितिमा कमिटी गठन गरिएको थियो ।