ताजा अपडेट

ढुंगाखानीको पहिरोले घर पुरिदा एकैघरका तीन जनाकाे मृत्यु

  इन्द्रबहादुर थापा काभ्रे, ३० भदौ २०७९ । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थान स्थित ढुंगाखानीको पहिरोले घर पुरिदा तीन आमाछोराछोरीको मृत्यु भएका छन् । राती १ बजेको समयमा पहिरोले घर पुरिदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठका अनुसार पहिरोले पुरिदा ४४ बर्षीय... पुरा पढ्नुहोस

बाल दिवसको अवसरमा मदरसाका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण

म्याग्दी ३० भदौ । सामाजिक विकास कार्यालय म्याग्दीले मुस्मिल बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरी ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बेनी नगरपालिका–७,मुस्मिल टोलमा रहेको दारुल उलुम नुरे मुहम्मदी मदर्सा प्राविका बालबालिकालाई १० हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको हो । साम्रागी हस्तान्तरण कार्यक्रमको अवसरमा मुस्मिल अगुवा रहमत खानले... पुरा पढ्नुहोस

चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता

काठमाण्डौ ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय... पुरा पढ्नुहोस

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दी ३० भदौ । अविरल बर्षासंगै आएको बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध बनेका छन् । बेनी–दरबाङ सडक र बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेका छन । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेतमा बाढी र पहिरोले सडक अबरुद्ध बनेको छ । बर्षाको कारण अवरुद्ध सडक खुलाउन समस्या भएको... पुरा पढ्नुहोस

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र गठन

म्याग्दी, ३० भदौ । म्याग्दीमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको तदर्थ समिति गठन भएको छ । बेनीमा बुधबार भएको कृषकहरुको भेलाले बेनपा–५ का गोर्खबहादुर सार्कीको संयोजकतवमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको हो । भेलाले जिल्ला इञ्चार्जमा यादव सुवेदीलाई चयन गर्न केन्द्रिय समितिलाई... पुरा पढ्नुहोस

नवौं राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा महिला भलिबल र तेक्वान्दो प्रतियोगिता हुने

म्याग्दी ३० भदौ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ... पुरा पढ्नुहोस

जापानमा रहेकी म्याग्देली गायिका श्रीपालीले न्याय र सुरक्षा माग गर्दै दिईन उजुरी

म्याग्दी २९ भदौ । सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी म्याग्देली गायिका अमृता श्रीपालले आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै धन थापा विरुद्ध उजुरी दिएकी छन् । गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी श्रीपालले उक्त दोहोरी साझाँका संचालक तथा... पुरा पढ्नुहोस

पुसभित्रै बागलुङ बजारवासीलाई शुद्ध खानेपानी

गलकोट, २९ भदौ । बागलुङ बजारवासीले पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन् । बर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिकहरु खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित छन् । अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित... पुरा पढ्नुहोस

बेनीको न्यु वेष्ट पोइन्ट राष्ट्रिय स्तरको भिडियो प्रतियोगितामा द्वितीय

म्याग्दी, भदौ २९। म्याग्दीको बेनी स्थित वेष्ट पोइन्ट विद्यालयले राष्ट्रिय स्तरको पुरस्कार जितेको छ । राष्ट्रिय बाल दिवस(२७९ को अवसरमा महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको  बाल अधिकार पर्बर्द्धनमा अभिभावको भूमिका विषयक २ मिनेटको भिडियो प्रतियोगितामा वेष्ट पोइन्टले दोश्रो स्थान प्राप्त गरेको हो... पुरा पढ्नुहोस

रुमखोला लघुजलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन

[caption id="attachment_62510" align="alignnone" width="818"] फाइल तस्विर ः[/caption] म्याग्दी २९ भदाै । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका... पुरा पढ्नुहोस