खेलकुद
फलातेमा खेलमैदान र भवनको उद्घाटन
- 6 बर्ष, 2 दिन अगाडि
- ५ बैशाख २०७६, बिहीबार
बेनी ५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ फलातेमा निर्माण भएको खेलमैदान, युवा क्लव र आमा समूहको भवनको बुधबार उद्घाटन गरिएको छ । ग्रुप स्टार युवा क्लव र लालीगुराँस आमा समूहले बनाएको खेलमैदान र भवनको नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले उद्घाटन गर्नुभएको हो । सभापति गर्बुजाले विकासका लागि समुदाय... पुरा पढ्नुहोस
‘प्रथम चिनाकोट कप– २०७६’ को तयारी अन्तिम चरणमा
- 6 बर्ष, 10 दिन अगाडि
- २७ चैत्र २०७५, बुधबार
म्याग्दी, २७ चैत । म्याग्दीको मङ्गला गाउपालिका –३ बरङ्जा खानिगाउमा रहेको एतिहासिक बाईसे चौविसे राज्यको पालामा राजा बसेको स्थान र उत्कृष्ट दृश्याअबलोकण गर्न सकिने पर्यटकिय स्थल चिनाकोट लाई चिनाउन अभियान थालिएको छ । समाजमैत्री युवा क्लबले ऐतिहाँसिक ठाउँको प्रचार प्रसारको लागि प्रथम चिनाकोट कपको आयोजना गरेको छ । सो प्रतियोगिताको... पुरा पढ्नुहोस
भलिबलको उपाधी भगवतीलाई
- 6 बर्ष, 13 दिन अगाडि
- २४ चैत्र २०७५, आईतवार
म्याग्दी २४ चैत । न्यु जेनेरेशन युवा क्लव सिजलगाँउले आयोजना गरेको विविध खेलकुद तथा सास्कृतिक कार्यक्तमा भलिबलको उपाधी भगवती युवा क्लवले जितेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिजलगाउँमा आयोजित मेलामा आयोजकलाई पराजित गर्दै भगवती युवा क्लवले उपाधी जितेको हो । साविक वडास्तरीय रुपमा आयोजना गरेको भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता... पुरा पढ्नुहोस
बेनीमा प्रथम गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुँदै
- 6 बर्ष, 22 दिन अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १५ चैत । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न सरकारी र सरोकारवाला निकायसंगको समन्वय र सहयोगमा आगामी जेठ २ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय जुनियर उसु प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको तयारीलाई... पुरा पढ्नुहोस
गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु
- 6 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७५, सोमबार
म्याग्दी, १३ फागुन । जिल्लाको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ३ दिनसम्म हुने छ। आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस
कराँतेमा स्वर्णपदक विजेता निर्मललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान
- 6 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७५, आईतवार
म्याग्दी, १२ फागुन । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई क्षत्री समाज म्याग्दीद्धारा सम्मान गरेको छ । क्षत्री समाज म्याग्दीको १३ औँ बार्षिक साधारण सभाको अवसरमा सम्मान पत्रले कटुवाललाई सम्मान गरिएको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागि भएर... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा मावि पिप्लेलाई
- 6 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७५, शनिबार
बेनी ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– ५ झिँमा सम्पन्न अन्तर मावि छात्रछात्रास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा मावि पिप्लेले जितेको छ । १० वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य पदक जितेर पहिलो भएको रघुगंगा मावि राखु पिप्लेले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस
रघुगंगाको झिमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु ( फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- १० फाल्गुन २०७५, शुक्रबार
कमल खत्री झिँ १० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा शुत्रबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा जिसस प्रमुख केसीले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेलकुद प्रतिभाको... पुरा पढ्नुहोस
मंगला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी महेन्द्ररत्नलाई
- 6 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
सिजन रोका बाबियाचौर ९ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित... पुरा पढ्नुहोस
बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
- 6 बर्ष, 1 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
म्याग्दी, ९ फागुन । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ४ दिनसम्म हुने छ। आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस