विशेष

बेनी नगरपालिकाका मेयरकै लगानी रहेको निजि विद्यालयले मिचेको सडक भत्काइयो

म्याग्दी २७ भदौ ।   बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी नगरपालिका-७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविले सडक अतिक्रमण गरेर बनाएको पर्खामा डोजर लगाएका छन् । मेयर केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप खेप्दै आइरहेको अवस्थामा बुधबार सडक मापदण्ड बाहिरको संरचना भत्काउन थालिएको हो... पुरा पढ्नुहोस

मोनाको पाँचौ महाधिवेशन असोजको अन्तिम साता बेनीमा हुँदै

  म्याग्दी, २७ भदौ । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी दिएको हो... पुरा पढ्नुहोस

म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री गाउँका पसलमा बढी भेटिए

  म्याग्दी, २७ भदौ । म्याग्दीको ग्रामिण बस्तीका पसलमा म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री बढी भेटिने गरेका छन् । सडक सुविधाको विस्तारसंगै गाउँका पसलहरुमा ब्यवसायीले म्याद गुर्जिन लागेका तयारी खाना पुर्‍याउने गरेको अनुगमनको क्रममा भेटिएको हो । गाउँमा तयारी खाद्य सामाग्रीको ब्यापार गर्ने ब्यापारीहरुमा सामानहरूको म्याद भएको वा सिद्धिएको बारे... पुरा पढ्नुहोस

दुर्गम बस्ती मंगलेमा केन्द्रीय विद्युतिकरणको पहुँच पुग्यो

बेनी, २६ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा केन्द्रीय विद्युतिकरणको पहुँच विस्तार भएको छ । अहिलेसम्म केन्द्रीय विद्युत सेवा नपुगेको दुर्गम बस्तीको रुपमा परिचित मंगले सहित वडा नम्बर ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा समेत केन्द्रीय विद्युतिकरणको पहुँच पुगेको हो । २१ घरधुरीको बसोबास रहेको मंगलेमा विजुलि बत्ति बलेपछि सर्वसाधारण... पुरा पढ्नुहोस

बहिरा विद्यार्थीलाई मोना बेल्जियमको कम्प्युटर र कलर प्रिन्टर सहयोग

  म्याग्दी, २७ भदौ । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी... पुरा पढ्नुहोस

भर्जुलामा भदौमै बोटमा लटरम्म सुन्तला पाक्यो (तस्बिर सहित)

बेनी, २५ भदौ : म्याग्दीको मंगला गाउँपालिका– १ भर्जुलामा भदौ महिलामैसुन्तला पाकेको छ । स्थानीय अगुवा कृषक बमबहादुर शेरपुञ्जाले गर्नुभएको जापनीज प्रजातिको बेमौसमी सुन्तलाका बोटमा भदौ महिनामै सुन्तला पाकेका हुन् । शेरपुञ्जाले आफ्नो बारीमा रोप्नुभएको जापनीज मेगावासे प्रजातिको सुन्तलाका बोटमा सुन्तलाका फल पाकेर विक्रि गर्न थाल्नुभएको छ । बेमौसममा सुन्तला... पुरा पढ्नुहोस

गण्डकी प्रदेश पुरस्कारबाट श्रेष्ठ सम्मानित

म्याग्दी २४ भदौ । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशन‌मा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननायक विपी कोइरालाको विचार... पुरा पढ्नुहोस

छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविलाई

बेनी, २४ भदौ । बेनीमा शनिवार सम्पन्न दोस्रो दोभान कप छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविले जितेको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविसंगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै उपाधी चुमेको हो ।  अन्तर विद्यालय छात्रा फुटबल... पुरा पढ्नुहोस

घतानमा सार्वजनिक सुनुवाई, ‘योजनाको गुणस्तरीय कार्यन्वयनमा स्थानीयको जोड’

म्याग्दी २४ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै कोभिड १९ वडा समन्वय समितिको आम्दानी तथा खर्च समेत... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा वर्कशप सम्बन्धी तालिम हुने

  बेनी, २४ भदौ । म्याग्दी बहुमखी क्याम्पसमा तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप तालिम हुने भएको छ। कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी बहुमुखी क्याम्पस र क्याम्पसमा गठित विसिटी क्लवको साझेदारीमा क्याम्पसमा तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल... पुरा पढ्नुहोस