जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

  • १२ मंसिर २०८१, बुधबार
  • 121 पटक पढिएको

म्याग्दी, १२ मङ्सिर । पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वारीवेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ १०२ स्वर्णमा खेल प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ। प्रतियोगितामा द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपाकिला अध्यक्ष राजु आचार्यले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुमा लगनशिलता, अनुसासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई हरेक बर्ष फरक फरक विद्यालयमा आयोजना गर्ने र त्यसले एक विद्यालयको शैक्षिक र भौतिक व्यवस्थापनको अर्को विद्यालयहरुले सिकाई गर्न सक्ने समेत बताउनुभयो । उद्घाटन अघि मार्च पास गरिएको थियो भने विद्यार्थी र कर्मचारीहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।