विशेष

मल्कबाङका हिराप्रसाद तुलाचनका कथा : ‘गाउँमा जन्मिए, देश–विदेश घुमे, गोठमा जीवन विताए’ (फोटो फिचर)

बेनी, २३ माघ : शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० बर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले... पुरा पढ्नुहोस

प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस : स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया

म्याग्दी २२ माघ । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस सोमबार देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया... पुरा पढ्नुहोस

सुशिल हत्या घटनाका एघार अभियुक्त प्रहरी नियन्त्रणमा

म्याग्दी, २२ माघ । म्याग्दीको सदरमुकाम बेनीमा धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न भएकाहरु मध्य प्रहरीले अहिले सम्म एघार जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको छ । माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी नगरपालिका ८ पिपलचोक वस्ने... पुरा पढ्नुहोस

दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

साधन राम्जाली /धनिलाल गर्बुजा बेनी । जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो ।   ... पुरा पढ्नुहोस

नागरिकलाई खुसी बनाउन विकास संगै सुशासन चाहिन्छ : काँग्रेस नेता पौडेल

  बेनी २१ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा काँग्रेस अभियान अन्तरगत संवाद कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका युवा नेता समेत रहनुभएका नेता पौडेलले विकासले मात्रै... पुरा पढ्नुहोस

बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी, २२ माघ ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।   चालुु आर्थिक वर्षमा रु.... पुरा पढ्नुहोस

समुदायको गुनासो सुन्न आज बेनीमा काँग्रेसको सार्वजनिक सुनुवाई 

  म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ । प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा हुने सुनुवाई कार्यक्रममा म्याग्दीबासीले अपेक्षा, सुझाव र गुनासा राख्न पाउने कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले बताए । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव... पुरा पढ्नुहोस

म्याग्दी पोखरा चौतारीको नयाँ नेतृत्व चयन : अध्यक्षमा डा. मेखबहादुर खत्री

म्याग्दी पोखरा चौतारीको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले डा. मेखबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको पोखरामा भएको अधिवेशनबाट पूर्व प्रहरी उपरीक्षक समेत रहेका डा. खत्रीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिकाे वरिष्ठ उपाध्यक्षमा गोपाल घिमिरे, उपाध्यक्ष कुलवीर राम्जाली, महासचिव झलकनाथ शर्मा, सचिव गोकर्ण... पुरा पढ्नुहोस

गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली

बेनी, २० माघ । गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् । माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको... पुरा पढ्नुहोस

जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

माघ १९ गते । पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट स्थित पर्यटकीय स्थल लोप्रेमा शुक्रबार देखि ११ औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । दुईदिन सम्म संचालन हुने उत्सवको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू नामक संस्थाले लाटोकोसेरो तथा हुचिलको... पुरा पढ्नुहोस