विशेष
बेनी नगरपालिकामा जनप्रतिनिधि बिचको विवाद ! कार्यपालिकाको निर्णय कार्यान्वनयमा अन्यौल
- 6 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७६, बिहीबार
म्याग्दी १७ जेठ । बेनी नगरपालिकामा मेयर र कार्यपालिका सदस्यहरुबिच विवाद बढेको छ । जेठ ३ गते बसेको नगरपालिकाको ४० आँै बैठकमा शिक्षा शाखाका कर्मचारी नियुक्त गर्ने बिषयमा सहमती नजुटेपछि मेयर र कार्यपालिका सदस्यहरुबिचको विवाद उत्कर्षमा पुगेको हो । सो बैठकमा विविध छलफल सहित तय भएका एजेण्डाहरु मध्ये १३ वटा... पुरा पढ्नुहोस
म्याग्दीमा काँग्रेसको जागरण अभियान, गाउँ गाउँमा भेला
- 6 बर्ष, 10 महिना अगाडि
- १६ जेष्ठ २०७६, बिहीबार
म्याग्दी १६ जेठ । नेपाली कांग्रेस म्याग्दीले जागरण अभियानलाई तिब्र बनाएको छ । हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत वैशाख २५ देखिदेखि सुरु गरेको जागरण अभियान अन्र्तगत अहिलेसम्म ३० बढी वडाहरुमा जागरण कार्यक्रमको भेला गरिएको छ । जिल्लाको ४५ वटै वडा स्तरमा पुगेर कार्यक्रम गर्नको लागि १८ वटा... पुरा पढ्नुहोस
अन्तरमावि लोकनृत्य प्रतियोगितामा वेष्ट प्वाइन्ट प्रथम
- 6 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको आयोजनामा बुधवार बेनीमा सम्पन्न जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि प्रथम हुन सफल भएको छ । संस्थाको २० औ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा माउण्ट एभरेष्ट आवसीय मावि द्धितिय, बेनी... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको २० औँ स्थापना दिवसमा अन्तरमावि लोकनृत्य प्रतियोगिता बेनीमा
- 6 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७६, बुधबार
म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको २० औ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । स्थापना दिवस अवसरमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । १६ औ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर... पुरा पढ्नुहोस
ओखरबोटमा नेकपाको पूर्ण बैठक, काँग्रेस गाउँ इकाई सचिब नेकपामा प्रवेश
- 6 बर्ष, 10 महिना अगाडि
- १४ जेष्ठ २०७६, मंगलवार
बेनी १४ जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा कमिटिको पूर्ण बैठक मंगलवार सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले नवगठित वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा नेपाली काँग्रेस ओखरबोट गाउँ इकाइ समितिका सचिब... पुरा पढ्नुहोस
राम्चेमा सार्वजनिक सुनुवाईः स्थानीय समस्याहरुबारे सरोकारवालाको ध्यानकर्षण
- 6 बर्ष, 10 महिना अगाडि
- १३ जेष्ठ २०७६, सोमबार
म्याग्दी १३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका स्थानीयले गाउँपालिकाको केन्द्रदेखि विकटता रहेको राम्चे क्षेत्रको पूर्वाधार विकास र स्थानीयका समस्या समाधानमा पहल गर्न आग्रह गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सोमबार राम्चेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले नियमित अबरुद्ध हुने विद्यूतको समस्याले हैरानी व्यहोर्नुपरेको, मिटर... पुरा पढ्नुहोस
गुर्जाबासीको आम्दानीको स्रोत ‘भेडापालन’
- 6 बर्ष, 10 महिना अगाडि
- १३ जेष्ठ २०७६, सोमबार
म्याग्दी, १३ जेठ । म्याग्दीको धौवलागिरि गाउँपालिका–१ गुर्जाबासीको ब्यवसायिक आम्दानीको स्रोत भेडापालन देखिन्छ । उच्च पहाडी भुगोलमा रहेको गुर्जामा अनुकुल हावापानी र चरन क्षेत्रले भेडापालन युवाहरुमा ब्यवसायिक आम्दानीको स्रोत देखिएको हो । जिल्लाको सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको गुर्जामा पशुपालन र जडिबुटी गुर्जाबासीको प्रमुख आम्दानीको स्रोत देखिन्छ ।... पुरा पढ्नुहोस
‘बाजा बज्ने ढुङ्गा’ पर्यटकको पर्खाइमा (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- १२ जेष्ठ २०७६, आईतवार
कमल खत्री म्याग्दी १२ जेठ । ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यि आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने... पुरा पढ्नुहोस
दरबाङमा आधारभुत पत्रकारीता तालिम सम्पन्न (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- ११ जेष्ठ २०७६, शनिबार
म्याग्दी ११ जेठ । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा शनिवार दुई दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सञ्चालित तालिममा गाउँपालिकाको ७ वटै वडाबाट ३५ जनाको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण... पुरा पढ्नुहोस
सम्झौताको म्याद सकियो तर बनेन् दुखुखोलाको मोटरेबल
- 6 बर्ष, 10 महिना अगाडि
- ११ जेष्ठ २०७६, शनिबार
बेनी ११ जेठ । बेनी–दरवाङ सडक अन्तरगत दुखु खोलामा मोटरेबल पुल निर्माणमा भएको ढिलासुस्तीप्रति जिल्ला समन्वय समितिले चासो देखाएको छ । तत्कालीन जिल्ला विकास समिति अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा सुरु भएको मोटरेबल पुल डिजाईन गलत भएपछि असफल बनेको थियो... पुरा पढ्नुहोस