स्थानीय तहले योजनाविहिन बजेट विनियोजन
- ९ श्रावण २०७६, बिहीबार
- धिरन खत्री
- 1757 पटक पढिएको
बेनी, ९ साउन । म्याग्दीका ६ स्थानीय तहले गुरुयोजनासहित लागत अनुमान नगरि विकास निर्माणमा बजेट विनियोजन गरेका छन् । आर्थिक बर्ष २०७६/७७ मा बेनी नगरपालिकासहित धौलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपुर्णले लागत अनुमान नगरि गौरवका योजनामा बजेट विनियोजन गरेका छन् ।
स्थानीय तहले २५ लाख माथिका गौरव योजना पालिकाले राखेपनि नीतिगत तथा गुरुयोजना विहिन र सामाजिक अध्ययनमा ख्याल नगरी छनोट गरिएको छ । म्याग्दीका समन्वय अधिकारी ज्ञानराज कोइरालाले सामाजिक क्षेत्रलाई अध्ययन तथा सडक र भवन जस्ता विकास योजनामा दिगो योजनामा स्थानीय तहले ध्यान नदिएको बताए ।
भूगोल र पृष्ठभूमि र जनताको अवस्था अध्ययन नगरि ब्यक्तिको माग र योजनाका प्रभावकारी अध्ययन नगरि टुक्रे योजना छनोट गर्दै बजेट विनियोजन गरेको कोइरालाले बताए ।
सामाजिक विकास, शिक्षा, स्वास्थ्य, विपद ब्यवस्थापन, बालअधिकार, कृषि र बृद्धबृद्धालाई सेवासुविधा पुग्ने पुर्वाधार निर्माणमा वेवास्ता गर्दै पुर्वाधार बजेट गरेपनि दिगो रुपमा जनतालाई फाईदा नहुने बताए ।
आर्थिक, सामाजिक, पुर्वाधार, वातावरण तथा विपद ब्यवस्थापनमा संस्थागत विकासमा नीतिगत ब्यवस्था गरेपनि बजेट विनियोजन पुर्वाधार केन्द्रित गरेको छ । जलस्रोत, पर्यटन र कृषिको सम्भावना भएको म्याग्दीमा गाउँपालिकाको पुष्ठभूमि अनुसारको सम्भावना र युवा लक्षित रोजगार लक्षित तथा कृषि, पशु, जडिबुटीको ब्यवसायीकरणलाई कम प्राथमिकता दिएका छन् ।
जनता लक्षित गरेर संचालन गरिएका गौरव योजना तिन तहको सरकार हुदाँपनि ढिलासुस्ती हुन विडम्वना भएको जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताए । स्थानीय तहमा जनप्रतिनीधि र कर्मचारीको तालमेल नमिल्दा पालिकाभित्र भएका गतिविधिबारे सूचना मागे पनि समयमै प्रगति विवरण नआएको केसीले बताए ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l