विशेष

अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख बजेट सार्वजनिक

  म्याग्दी, १० असार। म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० लागि अनुमानित ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले शुक्रबार भएको १५ औँ गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै उक्त बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक बजेटमध्ये चालु... पुरा पढ्नुहोस

रणबाङमा चैते धानखेती सफल

म्याग्दी, ८ असार । म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो ।“यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उनले भने “बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।” माघको... पुरा पढ्नुहोस

रघुगंगाका केही बस्ती पहिराको जोखिममा

म्याग्दी, ८ असार । म्याग्दीका रघुगंगा गाउँपालिकाका एक दर्जनभन्दा बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका छन् । रघुगंगास्थित रघुघाट, गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौर लगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेका रघुगंगा ३ रानीपौवाका दीपक कार्कीले बताए । गाउँपालिकाले... पुरा पढ्नुहोस

जिसस म्याग्दीको खाता रोक्का हुँदा समस्या

म्याग्दी ७ असार । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमाडाँै जिल्ला अदालतले गत जेठ २७ गते जिसस म्याग्दीको नाममा रहेको सबै खाता रोक्का गरेको हो... पुरा पढ्नुहोस

निवर्तमान जिसस प्रमुख केसीद्वारा पाचँबर्षे उपलब्धी सार्वजनिक

म्याग्दी, ६ असार । जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसीले पाचँबर्षको कार्यकालमा गरेका मुख्य उपलब्धीहरुलाई सार्वजनिक गर्नुभएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा सोमबार पत्रकार सम्मलेन गर्दै निर्वतमान प्रमुख केसीले पाचँ बर्षको कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत, अलपत्र जिसस सभाहल भवनलाई प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गरेर पुर्णता र दुखुखोलाको... पुरा पढ्नुहोस

म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट पाचँ जना पत्रकार पुरस्कृत

म्याग्दी, ६ असार । म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट पाचँ जना पत्रकार पुरस्कृत भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित स्वागत तथा विदाई एवम् पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रमको अवसरमा जिल्लाका पाँच जना क्रियाशिल पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरु घनश्याम खड्का, ध्रुवसागर... पुरा पढ्नुहोस

माओवादीको चुनावी समिक्षा र जनप्रतिनिधीलाई सम्मान

म्याग्दी, ६ असार । नेकपा माओवादी केन्द्र म्याग्दीले गत महिना सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा र निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । बेनीमा शनिबार भएको जिल्ला स्तरीय समिक्षा कार्यक्रमबाट स्थानीय तहको निर्वाचनमा माओवादीबाट उमेद्वार भएर विजयी भएका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । स्थानीय तह र कार्यपालिका निर्वाचनमा माओवादीका म्याग्दी जिल्लाभर ३५... पुरा पढ्नुहोस

जिसस म्याग्दीमा एमालेको प्यानल विजयी

म्याग्दी ५ असार । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी विजयी हुनुभएको मूख्य निर्वाचत अधिकृत... पुरा पढ्नुहोस

बेनपा–७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी, ४ असार । बेनी नगरपालिका–७ मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित भेलाका अवसरमा टोल विकास संस्था र विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यपालिका सदस्य सिर्जना... पुरा पढ्नुहोस

ऐतिहासिक बेनीकोत पुनःनिर्माण

म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको पुनःनिर्माण भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेको थियो । बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए ।... पुरा पढ्नुहोस