विशेष

काठमाडौंबाट बेनी आउँदै गरेकाे बस कास्कीमा दुर्घटना

काठमाडौबाट बेनी आउदै गरेकाे रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेकाे छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हाे । सो दुर्घटनामा सात जना घाइते भएका छन् ।   काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको बा५ख २८५ नम्बरको बस आज... पुरा पढ्नुहोस

दग्नाममा सयौँ बर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

  म्याग्दी,१६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा दुई गाउँबिचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पुजाको अवसरमा यस गाउँमा सयौँ बर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गो जुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । मंगलवार दग्नामका गैरी र कान्छी गाउँ बिचमा भएको लिङ्गो जुधाईमा गैरी गाउँ बिजयी भएको छ ।... पुरा पढ्नुहोस

सिंगामा आयोजित स्वास्थ्य शिविरबाट साढे चार सय बढी लाभान्वित

म्याग्दी , १५ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा मंगलवार आयोजित निशुल्क स्वास्थ्य शिविरबाट साढे चार सय जना लाभान्वित बनेका छन् । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखराको प्राविधिक सहयोगमा आयोजित शिविरबाट ४५७ जनाले स्वास्थ्य परिक्षण र उपचार सेवा... पुरा पढ्नुहोस

बेनीमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु (तस्बिर/भिडिओ)

म्याग्दी १४ जेठ । म्याग्दी सदरमुकाम बेनीमा आइतवारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवा कप’ भलिबल सञ्चालन गरिएको हो । https://www.youtube.com/watch?v=8U3lqt11rMQ   प्रतियोगितामा पुरुष... पुरा पढ्नुहोस

चिमखाेलाकाे लेकाली बुकीमै बसेर यार्सागुम्बाको खोजी (फाेटाे कथा)

म्याग्दी , १४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाईजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाईजा सहित उहाँका साथिहरुले बहुमुल्य जडिबुटिको रुपमा अन्र्तराष्ट्रिय बजार सम्म पुग्ने यार्सागुम्बा संकलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकी देखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा... पुरा पढ्नुहोस

नेपाल प्रेस युनियनको स्थापना दिवस,स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न वितरण

नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संघका अध्यक्ष एवम्... पुरा पढ्नुहोस

बेनीमा रिजाल बन्धु सेवा समाजको प्रथम जिल्ला सम्मेलन हुने

म्याग्दी १३ जेठ । रिजाल बन्धु सेवा समाज म्याग्दीको प्रथम जिल्ला सम्मेलन हुने भएको छ । जेठ १५ गते जिल्ला सदरमुकाम बेनीमा समाजको पहिलो जिल्ला सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको तयारीलाई अन्तिम चरणमा पु¥याइएको रिजाल बन्धु सेवा समाज म्याग्दीका अध्यक्ष भिमबहादुर रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, बेनी स्थित... पुरा पढ्नुहोस

मालिका धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानी सुविधा

गलेश्वर (म्याग्दी), ९ जेठः म्याग्दीको  मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा आउने भक्तजनको सुविधाका लागि करिब १८ लाख रुपैयाँ लागतमा  खानेपानीको व्यवस्था गरिएको छ । समुद्र सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा २ किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी... पुरा पढ्नुहोस

राहुघाट जलविद्युतको ‘प्रेसर साफ्ट’ सुरुङ जोडियो

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ मंगलबार जोडिएको छ। एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट ब्रेक थ्रु भएको हो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्द्धक रहेको यस आयोजनाको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित मुख्य सुरुङको आउटलेट (अन्तिम बिन्दु)... पुरा पढ्नुहोस

बेनीमा रैथाने बालीबाट बनेका खानाका परिकार प्रदर्शन

म्याग्दी, ३ जेठ । म्याग्दीको बेनी नगरपालिकाले रैथाने बालीबाट बनाइएका परिकारको पदर्शन गरेको छ । नगरपालिकाको कृषि शाखाको आयोजनामा बेनीमा दुई दिने रैथाने बालीबाट खानाका परिकार बनाउने तालिम दिइएको हो । तालिममा सहभागीहरुले तयार गरेका रैथाने खानाका परिकारलाई विहिवार पदर्शन समेत गरिएको छ । तालिममा सहभागीहरुले कोदो, गहुँ, आलु, भटमास,... पुरा पढ्नुहोस