विशेष

छात्रवासको जग्गा खरिद गर्न बरंजाबासीद्वारा रु २७ लाख वढि संकलन

म्याग्दी, १ चैत । म्याग्दीको मंगला गाउँपालिका – ३ बरंजामा रहेको महेन्द्र रत्न माविको छात्रवास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयबासीले रु २७ लाख वढि रकम संकलन गरेका छन । २०७६ सालमा जग्गा खरिद प्रयोजनका लागि आर्थिक संकलन समिति गठन गरि देश विदेशमा संचालन गरिएको अभियानबाट रु २७ लाख... पुरा पढ्नुहोस

राम्चेमा वडा कार्यालय भवन निर्माण शुरु

म्याग्दी, ३० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को वडा कार्यालय भवन निर्माण शुरु भएको छ । राम्चेमा निर्माण हुन लागेको भवनको सोमबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिलन्यास गर्नुभयो । जिल्ला समन्वय समिति र अन्नपूर्ण गाउँपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि २०७८ फागुन २७ गते... पुरा पढ्नुहोस

गुर्जामा नाचगान गरेर शिक्षकलाई तलब भत्ता

म्याग्दी  ३० फागुन ।  धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् । जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने... पुरा पढ्नुहोस

बेनी नगरपालिका कार्यपालिका बैठक : बस्ती संरक्षणदेखि सडक स्तरोन्नतीको लागि बजेट विनियाेजन

  https://www.youtube.com/watch?v=hgco7_Xyjs0     म्याग्दी ३० फागुन । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीमा आएको बाढीको कारण कटानको चपेटामा परेको तातोपानी बजार क्षेत्रको बस्ती संरक्षणको लागि रु १४ लाख बजेट विनियोजन भएको छ । सोमबार सम्पन्न बेनी नगरपालिकाको कार्यपालिका बैठकबाट गत असारको मनसुनजन्य विपद्का कारण जोखिममा रहेको मसार बस्ती संरक्षणको... पुरा पढ्नुहोस

ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया (तस्वीर र भिडियाे सहित)

म्याग्दी २९ फागुन । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको... पुरा पढ्नुहोस

तीन महिने सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न

म्याग्दी, २९ फागुन । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम सुरु भएको थियो । आईतबार वडा कार्यालयमा समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस

म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा सम्पन्न

बेनी २८ फागुन । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र... पुरा पढ्नुहोस

म्याग्दीमा प्रभावकारी भएन कृषि बीमा कार्यक्रम

म्याग्दी, २८ फागुन ।  सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम म्याग्दीमा प्रभावकारी देखिएको छैन् । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसानको सङ्ख्या न्यून देखिएको बताइएको छ । झन्झटिलो प्रक्रिया र अव्यावहारिक नीतिका कारण किसानले कृषि तथा बाली बीमा कार्यक्रमबाट यहाँका किसान लाभ... पुरा पढ्नुहोस

मालिका र धौलागिरि गाउँपालिका जाेड्ने नौलिस्नेखोलाको पुलले यात्राअवधि छोटियो

सन्ताेष शर्मा म्याग्दी २८ फागुन । म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । सङ्घीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ बेनी नगरको सभापतिमा महत चयन

म्याग्दी २८ फागुन । नेपाल शिक्षक संघ बेनी नगरकार्यसमितिको अध्यक्षमा एकेन्द्र महत निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस म्याग्दीको कार्यालयमा सम्पन्न भएको शनिबार दोस्रो अधिवेशनबाट भानु माविका सहायक प्रअ महत सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्ष दिलबहादुर महत, महिला उपाध्यक्ष रजनी शाही, सचिव सुरेन्द्रबहादुर केसी,अर्थ सचिव... पुरा पढ्नुहोस