विशेष

राष्ट्रियस्तरको राष्ट्रपति कपमा पदक जित्ने खेलाडीलाई सम्मान

बेनी, ३२ असार । जिल्ला खेलकुद विकास समिति म्याग्दीले राष्ट्रियस्तरको राष्ट्रपति कपमा पदक जितेका म्याग्दीका खेलाडीलाई सम्मान गरेको छ। गण्डकी प्रदेशबाट राष्ट्रियस्तरको राष्ट्रपति कपमा सहभागि भएर पदक दिल्याएका म्याग्दीका खेलाडीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गण्डकी प्रदेश खेलकुद समिति सदस्य चन्दा घले,... पुरा पढ्नुहोस

अनुदान नपाउँदा पहिरोपीडित समस्यामा

म्याग्दी ३१ असार । निजी आवास पुनःनिर्माणवापत सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन् । जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन् । आवास पुनःनिर्माण गरे पनि राज्यका तर्फबाट सम्झौताअनुसारको रकम वितरणमा... पुरा पढ्नुहोस

बेनी–दरबाङ सडकमा कालोपत्रे भएको सडकको भाडा समायोजन

म्याग्दी ३१ असार । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो । कालोपत्रे भएको खण्डमा साविकको भाडामा पचास... पुरा पढ्नुहोस

स्वास्थ्य कार्यालयको बार्षिक प्रगति विवरणको समिक्षा

बेनी, ३० असार । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा गरेका कार्य प्रगति विवरणको समिक्षा गरेको छ । विहिबार कार्यालयले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरी बार्षिक प्रगति सार्वजनिक तथा छलफल गरेको हो । यस आर्थिक बर्षमा कार्यालयले कुल ६ करोड १८ लाख २६ हजार रुपैयाँ बजेटमध्ये ४ करोड ६३... पुरा पढ्नुहोस

सामाजिक विकास कार्यालयको बार्षिक समिक्षा

म्याग्दी ३० असार । सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८÷०७९ मा सम्पादन गरेका कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । विहिवार कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुबिच सामाजिक क्षेत्रका समसामयिक सवालहरुको सन्दर्भमा अन्तरक्रिया एवम बार्षिक समिक्षा कार्यक्रम आयोजना गरि कार्यालयबाट भएका गतिविधि र उपलब्धिहरुको बारेमा जानकारी गराएको हो... पुरा पढ्नुहोस

चरन बाट घर लैजादै बाख्रा (तस्विर)

वेनी २९ असार : म्याग्दीको धवलागिरि गाउँपालिका ७ धारापानीमा चरन क्षेत्रवाट बाख्राहरु लाइ घर लैजादै गरेका स्थानीय । यहाँका किसानले बाख्रापालनलाई व्यावसायिक बनाएका छन् । तस्विरः कमल खत्री पुरा पढ्नुहोस

बेनी नगरको सार्वजनिक सुनुवाई : पुँजीगत खर्च ७१ प्रतिशत

  म्याग्दी, २९ असार । बेनी नगरपालिकाको यस आर्थिक बर्ष २०७८/०७९ मा विकास निमार्ण तर्फको पुँजीगततर्र्फ ७१.५५ प्रतिशत बजेट खर्च भएको छ । बेनी नगरको पुँजीगततर्फ रहेको २७ करोड ९१ लाख ७९ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ९७ लाख ५४ हजार रुपैयाँ बजेट ( ७१.५५) खर्च भएको हो । बुधबार... पुरा पढ्नुहोस

दरबाङ म्याग्दीखोला जलविद्युतको सुरुङमार्ग (तस्विर)

बेनी, २८ असार । म्याग्दीको मालिका गाउँपालिकामा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग । यस आयोजनाको सुरुङमार्ग निर्माणको काम धमाधम भैरहेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

स्वाउली बजारमा कस्ले खोल्यो क्रसर उद्योग !

म्याग्दी २८ असार । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको बताइएको छ । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध... पुरा पढ्नुहोस

मराङ खोलामा पक्की पुल

म्याग्दी, २८ असार । धवलागिरी गाउँपालिकाको वडानम्वर ५ मल्कवाङ र ६ मराङ वस्तीलाई सडक सञ्जालसँग जोड्न मराङ खोलास्थित अर्कलामा पक्की पुल निर्माण गरिएको छ । धवलागिरि र मालिका गाउँपालिकाको सिमाना स्थित मराङ खोलामा मोटरेवल पुल निर्माण अन्तिम चरण पुगेको छ । पुल निर्माण अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले... पुरा पढ्नुहोस