मोना युएईको अध्यक्षमा पुनः सुवास राम्जाली

  • २८ जेष्ठ २०८०, आईतवार
  • 395 पटक पढिएको

 

म्याग्दी, २८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएइको अध्यक्षमा पुनः सुवास राम्जाली चयन हुनुभएको छ। आईतबार बरदुवईमा सम्पन्न मोना युएईको चौथो अधिवेशन एवम् साधारणसभाबाट पुनः राम्जालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा किरन खत्री ( नविन), उपाध्यक्षमा बेकप्रसाद पुन, टेक फगामी र यमकुमारी रोका, महासचिवमा पुनःकाजीमान बुढाथोकी, सचिवमा  पुनःनरप्रसाद छन्त्याल, कोषाध्यक्षमा कुमार कार्की र सह–कोषाध्यक्षमा चन्द्र भण्डारी रहनुभएको निर्वाचन संयोजक सुशील केसीले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा लोकेन केसी, मुना श्रीपाली, रमेश भण्डारी, खिमकुमारी रोका, गोपाल केसी, यमराज घर्ती, पार्वती अर्मजा रहनुभएको छ।

अध्यक्ष राम्जालीको अध्यक्षतामा भएको चौथो साधारणसभामा मोना अन्तर्राष्ट्रिय कार्यसमिति उपाध्यक्ष मोना युएईका संरक्षक ईन्जिनियर नन्द गर्बुजा प्रमुख अतिथि रहनुभएको थियो ।  उहाँले मोना यूएईले गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा मोना युएईका संरक्षक सुशील केसी, प्रकाश काकी, सल्लाकार विक्रम अधिकारी, बागलुङ सेवा समाजका अध्यक्ष रत्न बिक, पर्वत सेवा समाजका अध्यक्ष कमल लामिछाने, तनहुँ सेवा समाजका अध्यक्ष सुदिप कार्की, गुल्मी सेवा समाजका अध्यक्ष हुमराज विक लगायत मोनामा आवद्ध म्याग्देलीको उपस्थित रहेको थियो।

मोना युएई उपाध्यक्ष यमकुमारी रोकाको स्वागत मन्तव्य रहेको साधारसभाको संचालन महासचिव काजीमान बुढाथोकी मगरले गर्नुभएको थियोे ।

कलाकार रिङमाया पुन र बुद्धिमाया राम्जालीको थाली नाच, सोनु पुन र खिमा नृत्य प्रस्तुत देखाउनुभएको कार्यक्रममा शंकर पुनले सालैजो भाकामा गित प्रस्तुत गर्नुभएको थियो ।

रोजगार र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देली युवाहरुले जिल्लाको विकास र आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका छन् । मोना युएईले विदेशमा पुगेर रोजगार गुमाएर अलपत्र परेकालाई सहयोग गर्नेतर्फ सक्रिय रहेको छ ।