विशेष

हाँडेभिरमा सुख्खा पहिरोले दुई पैदलयात्री घाईते

बेनी, ८ भदौ । बेनी–बागलुङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका वडानम्वर २ हाँडेभिर नजिक माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । सडकमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा परि रघुगंगा गाउँपालिका–४ दरमिजा घर भएका याममायाँ पाईजा र... पुरा पढ्नुहोस

डेंगु रोगबाट बच्ने एकमात्र उपाय

  रोजीना महर्जन /एडिस जाति (एजिप्टाई र अल्बोपिक्टस) का पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु... पुरा पढ्नुहोस

दोबामा बालीको मूल्य र ज्याला निर्धारण

म्याग्दी ८ भदाै। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ । वडा भेलामार्फत खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको हो । वडासचिव मनकुमार गर्बुजाले वडा भेला गरेर मूल्य र ज्याला निर्धारण गरिएको जानकारी दिनुभयो । बालीको मूल्य र कामदारको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा प्राविधिक सेवा वडाबाटै

म्याग्दी ८ भदाै । म्याग्दीको बेनी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक सेवा वडा कार्यालयबाटै उपलब्ध गराउन थालेको छ । रु पाँच लाखसम्मका योजनाको सम्झौता गर्ने अधिकार वडासचिवलाई प्रत्यायोजन गरेको नगरपालिकाले सर्वेक्षण, नापजाँच र मूल्याङ्कन गर्ने प्राविधिकलाई पनि वडामै खटाएको हो । यसअघि रु दुई लाखसम्म बजेट विनियोजन भएका योजनाको... पुरा पढ्नुहोस

भाङ्ग्रा भिरेका बालकहरु (तस्विर)

बेनी, ८ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पाउद्धार माविमा नृत्य देखाउनका लागि मगर समुदायको पुख्यौली पोशाक भाङ्ग्रामा सजिएका बालकहरु । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीकाे विस्तारित बैठकः उम्मेदवार बन्न दर्जनबढी आकांक्षी

म्याग्दी ८ भदौ । नेकपा(माओवादी केन्द्र) म्याग्दीको विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरि बेनी नगरपालिका–४ मा दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनमा पार्टीलाई शसक्त रुपमा स्थापित गर्न पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्न चुनाबी अभियान सञ्चालन गर्ने भएको छ । बैठकमा आगामी संघ... पुरा पढ्नुहोस

मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया

बेनी, ७ भदौ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामवली अद्यावधिक (दावी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार जिल्ला समन्वय समितिका सभाहलमा भएको कार्यक्रममा निर्वाचन मिति घोषणा भइसकेपछि बिगत देखि सङ्कलन भएको मतदाता नामवलीलाई आगामी निर्वाचनमा समावेश गर्नको लागि मतदाता नामावली अद्यावधिक सम्वन्धी जानकारी गराईएको हो । मंसिर... पुरा पढ्नुहोस

पर्यटकीय स्थल खोप्रामा लजको क्षमता विस्तार

कमल खत्री म्याग्दी,७ भदौ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत पर्ने म्याग्दीको पर्यटकीय स्थल खोप्रामा पर्यटकहरुका लागि आवास सुविधाको क्षमता विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित खोप्रामा पाउद्धार पर्यटन सहकारीले लजको क्षमता विस्तार गरेको हो । २० वटा कोटामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकोमा सहकारीले थप ८... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा थपिँदै लामो झोलुङ्गे पुल

लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ । बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय... पुरा पढ्नुहोस

म्याग्दीमा सहकारी बैंकको शाखा स्थापना गर्न माग

म्याग्दी, ६ भदौ । म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । आइतबार सदरमुकाम बेनीमा आयोजित राष्ट्रिय सहकारी बैंकको सेवा र सहकारीको समसामायिक विषयमा छलफल कार्यक्रममा बोल्ने सहकारीकर्मीले म्याग्दीका सहकारीहरूलाई सहज र प्रभावकारी सेवा दिन शाखा विस्तारको आवश्यकता रहेको बताइएको थियो । सोही अवसरमा शाखा... पुरा पढ्नुहोस