विशेष
आलु खेती विस्तारका लागि तीन करोड बजेट
- 1 बर्ष, 1 महिना अगाडि
- १४ मंसिर २०८०, बिहीबार
म्याग्दी, १४ मंसिर। म्याग्दीको प्रमुख बालीमा आलुखेती पनि पर्छ। आलुखेती संरक्षण र विस्तारका लागि चालू आर्थिक बर्ष २०८०/८१ मा तीन करोड रुपैयाँ बजेट रहेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानको रुपमा... पुरा पढ्नुहोस
‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
- 1 बर्ष, 1 महिना अगाडि
- १२ मंसिर २०८०, मंगलवार
म्याग्दी १२मंसिर । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रर्वद्धनका लागि चार दिने पदयात्रा शुुरु भएको हो ।... पुरा पढ्नुहोस
काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली
- 1 बर्ष, 1 महिना अगाडि
- ११ मंसिर २०८०, सोमबार
म्याग्दी, ११ मंसिर । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको स्थलगत निरिक्षणका क्रममा मन्त्री जुग्जालीले अधुरा र अलपत्र बनेका सडक र मोटरेबल पुलको पहिचान गरि ठेकेदारलाई काममा फर्काउन पहल... पुरा पढ्नुहोस
मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास
- 1 बर्ष, 1 महिना अगाडि
- ११ मंसिर २०८०, सोमबार
म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो । कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्षा कक्ष सहित ३ कोठे हुने क्याम्पस... पुरा पढ्नुहोस
सडक र बस्तीले खुम्चिँदै सिमसार क्षेत्र
- 1 बर्ष, 1 महिना अगाडि
- ११ मंसिर २०८०, सोमबार
म्याग्दी । भिरोलो जमिनमा पूर्वतर्फ मोहोडा भएको गाउँ हो, निस्कोट । दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि बनेको पक्की पुल तरेपछि सुरु हुने निस्कोट गाउँ म्याग्दीको मालिका गाउँपालिका वडा नं १ मा पर्छ । पुल तरेपछि ठाडै उकालो मोटरबाटोबाट सवारी साधनमार्फत डेढ घण्टामा निस्कोट गाउँको शिरानमा रहेको आकर्षक बराहा तालमा पुगिन्छ ।... पुरा पढ्नुहोस
म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन (फोटो फिचर)
- 1 बर्ष, 1 महिना अगाडि
- १० मंसिर २०८०, आईतवार
म्याग्दी १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा एक समारोहबीच पुनर्निर्मित जगन्नाथ मन्दिरको आइतवार उद्घाटन गरिएको हो । जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरुको प्राणप्रतिष्ठा गरी पुनर्निर्मित जगन्नाथ मन्दिरको... पुरा पढ्नुहोस
बेनी–गलेश्वर सडकमा कालोपत्रे सुरु (फोटोफिचर)
- 1 बर्ष, 1 महिना अगाडि
- ९ मंसिर २०८०, शनिबार
म्याग्दी, ९ मंसिर । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्रे काम सुरु भएको छ । राष्ट्रिय गौरबको आयोजना मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत बेनी– गलेश्वर खण्डमा निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीले कालोपत्रेको काम अघि बढाएको हो । जिल्लामा भित्रिएका ठुलो योजनाहरूमा... पुरा पढ्नुहोस
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
- 1 बर्ष, 1 महिना अगाडि
- ९ मंसिर २०८०, शनिबार
म्याग्दी, ९ मंसिर । बेनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सुरु भएको छ। बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । जनप्रतिनिधि, महिला अधिकारीवादी विभिन्न संघसंगठनका प्रतिनिधिहरू, विद्यार्थी र सुरक्षाकर्मीहरूको सहभागितामा बेनी बजारमा प्रभातफेरीसंगै जिल्ला समन्वय समितिको सभाहलमा गरिएको १६... पुरा पढ्नुहोस
गाउँको मौलिकता झल्काउने घरहरु लोप हुँदै
- 1 बर्ष, 1 महिना अगाडि
- ९ मंसिर २०८०, शनिबार
म्याग्दी, ९ मंसिर । ग्रामीण बस्तीमा सडकको पहुँचले मौलिकता झल्किने गाउँका घरहरु हराउदै गएका छन्। बैदेशिक रोजगारीको आम्दानीले नयाँ पुस्तामा शहर केन्द्रित कङ्क्रिटका पक्की भवन गाउँमा बनाउने आकर्षण बढ्दै गएपछि मौलिकता झल्किने पुराना घरहरु गाउँमा खाली हुने क्रम बढ्दै गएको हो। गाउँको मौलिकता झल्किने परम्परागत ढुङ्गे घर पातलिँदै जान... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा अनसनरत रमेश गुरुङ र गाउँपालिकाबिच सहमती (भिडियाे सहित)
- 1 बर्ष, 1 महिना अगाडि
- ८ मंसिर २०८०, शुक्रबार
बेनी, ८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा पाँच दिनदेखि आमरण अनसन बस्नुभएका रमेश गुरुङ र गाउँपालिकाबिच सहमती भएको छ । गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल गाउँपालिकाको केन्द्र रहेको वडाको स्वास्थ्य चौकी स्तरोन्नती गरि बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्न माग गर्दै... पुरा पढ्नुहोस