विशेष
गलेश्वरधाम आमा समूहको १३ औँ साधारणसभा सम्पन्न
- 1 बर्ष, 5 दिन अगाडि
- २२ पुष २०८०, आईतवार
म्याग्दी, २२ पुस । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहको १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘उद्यमशिल, लगनशिल, सहनशिल नारीको कामना : सहकार्य, सदभाव, संगै सम्पूर्णमा गलेश्वरधाम आमा समूहको हार्दिक शुभकामना’’ भन्ने नाराका साथ साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभाको जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले उद्घाटन... पुरा पढ्नुहोस
बालमन्दिर आधारभुत विद्यालयमै करेसावारी, करेसाबारीको तरकारी दिवा खाजामा (तस्बिर सहित)
- 1 बर्ष, 5 दिन अगाडि
- २२ पुष २०८०, आईतवार
म्याग्दी २२ पुस । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले विद्यालय परिसरमा करेसाबारी बनाएर आफैँ तरकारी उत्पादन गरी दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर फुर्सदको समयमा शिक्षकहरु घरायसी सिप सिकाउने कार्यमा विद्यार्थी समेतले तरकारी लगाउने गरिएको छ । करेसाबारीमा उत्पादन भएको तरकारी विद्यालयको... पुरा पढ्नुहोस
म्याग्दी मुद्रण उद्योग संघको नयाँ नेतृत्व चयन
- 1 बर्ष, 6 दिन अगाडि
- २१ पुष २०८०, शनिबार
बेनी, २१ पुष । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । खत्री संघको तदर्थ समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुङगाना, सहसचिवमा भुवन रोका... पुरा पढ्नुहोस
नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी बेनी नगरपालिकालाई (तस्बिर सहित)
- 1 बर्ष, 6 दिन अगाडि
- २१ पुष २०८०, शनिबार
बेनी, २१ पुस : म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरुले सहभागीता जनाएको प्रतियोगितामा १५ स्वर्ण, १२ रजत र ४ कास्य पदक सहित बेनी नगरपालिकाले उपाधी हात पारेको हो... पुरा पढ्नुहोस
बिममा एकै घरका दुई जनाको हत्या, हत्या गरेको आरोपमा एक जना पक्राउ
- 1 बर्ष, 6 दिन अगाडि
- २१ पुष २०८०, शनिबार
बेनी, २१ पुस । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । ‘मनिषाको लुरवाङ स्थित... पुरा पढ्नुहोस
म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट
- 1 बर्ष, 7 दिन अगाडि
- २० पुष २०८०, शुक्रबार
बेनी, २० पुष । नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जाली, संविधानसभा सदस्य तथा माओवादीका केन्द्रिय सदस्य... पुरा पढ्नुहोस
नेकपा एमाले म्याग्दीको दशौँ अधिबेशन माघ १२ र १३ गते बेनीमा हुने
- 1 बर्ष, 7 दिन अगाडि
- २० पुष २०८०, शुक्रबार
नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी सुरु भएको छ । पार्टी कार्यालय हाडेभिरमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले आसन्न अधिबेशनको बारेमा जानकारी गराउनुभयो... पुरा पढ्नुहोस
पिपलबोटमा खेलमैदान निर्माण
- 1 बर्ष, 7 दिन अगाडि
- २० पुष २०८०, शुक्रबार
म्याग्दी, २० पुस । म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोट स्थित कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो । मंगला९५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले जनप्रतिनिधि, स्थानीयवासी, खेलाडी र विद्यार्थीले श्रमदान... पुरा पढ्नुहोस
बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु(फोटो फिचर)
- 1 बर्ष, 7 दिन अगाडि
- २० पुष २०८०, शुक्रबार
बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सञ्चालत भएको प्रतियोगितमा पालिकास्तरीय प्रतियोगिताहरुबाट छनौट भएर आएका खेलाहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्यार्थी संख्या घट्दो, ११ विद्यालयको तह समायोजन
- 1 बर्ष, 7 दिन अगाडि
- २० पुष २०८०, शुक्रबार
म्याग्दी (बेनी), पुस २० गते । चालु शैक्षिक सत्रको सुरुवातमै बेनी नगरपालिकाले ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएका ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गर्यो । कक्षा घटुवा गरेका ती सामुदायिक विद्यालयका अधिकांश कक्षामा विद्यार्थी शून्य थिए । बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी चाप भए पनि ग्रामीण क्षेत्रका... पुरा पढ्नुहोस