पाण्डे दम्पतीको उपचारमा अष्ट्रेलियाबाट रु एक लाख ६० हजार सहयोग

  • ३ फाल्गुन २०८१, शनिबार
  • 389 पटक पढिएको

म्याग्दी, ३ फागुन । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा अष्ट्रेलियाबाट रु १ लाख ६० हजार बढी सहयोग जुटेको छ । राखु समाज अष्ट्रेलियाको नेतृत्वमा रु १ लाख ३५ हजार सहयोग संकलन भएको छ भने गकुल भण्डारी र गजेन्द्र भण्डारीले रु २५ हजार पाँच सय सहयोग गर्नुभएको छ ।
अष्ट्रेलियामा रहनुभएका रघुगंगा गाउँपालिका– २ भगवती र ३ पिप्लेबासीहरु आबद्ध राखु समाजको पहलमा सञ्चालित पाण्डे दम्पतीको सहयोग अभियानमा २९ जनाले सहयोग गर्नुभएको छ । दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि आर्थिक संकलन सुरु गरिएको र सहयोगदाताहरुबाट सहयोग आउन थालेपछि उपचारमा राहत भएको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

मृर्गौला पीडित सिताले बेनी अस्पतालमा नियमित डायलासिस गराउँदै आउनुभएको छ । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारर आफन्तले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाँै लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । पाण्डे दम्पतीको उपचारको लागि देश तथा विदेशमा रहनुभएका राखुबासीको अगुवाईमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।

सहयाेगदाताहरूकाे विवरण :

1) Naryan Bhandari -111$

2) Rajkumar bhandari -120$

3) Nishan bhandari chhetri -100$

4) sobit bhandari -55$

5) Bishan bhandari -35$

6) Sudan Sharma -30$

7)kissor karki -55$

8) suman khatri – 55$

9) Pawan Katuwal 50$

10) Ashish Karki 30$

11 Aman Chhetri 30$

12 Rama Kshetry 75$

13 Rabin Kshetri 75$

14 Nahkul Khadka 101$

15 Su-Race Shrestha 35$

16 aashish kshetry 55$

17 Lokendra Chand 50$

18 Sanjay bhandari @SB Chhetri 40$

19 Satish Bhandari @Bipin Bhandari Kshetry 50$

20 Min bahadur bhandari 60$

21 Sunil regmi 20$

22@Krishna Khatri 150$

23 @Sabii Tilija Rantija Magar 40$

24@Jai Ram Bhandari 51$

25Prakash K C 35$

26 @Sus-an Khatri 70$

27 @Kishan Karki 51$

28 ganesh bhandari 50$

29 gakul and gajendra bhandari 25,500/-

Final update from rakhu samaj australi nepali (1,35,000) +25,500/