विशेष
कहिले बन्ला बेनी बसपार्क ? संघिय सरकारसंग मिलेर बनाउने प्रदेश सरकारको आश्वासन !
- 5 बर्ष, 5 महिना अगाडि
- २७ पुष २०७६, आईतवार
म्याग्दी, २७ पुस । म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालिपुलमा सञ्चालन हुँदै आएको बसपार्कको अस्तव्यस्तताले जिल्लालाई नै गिज्याइरहेको छ । अव्यवस्थित बसपार्कमा बर्षातमा हिलो र हिउँदयाममा धुलोको सास्ती हटाउन बसपार्क व्यवस्थापनको योजना अघि सारिएको थियो । २०७४ भदौमा बेनी नगरपालिका–८ कार्यालयले सहरी आवास तथा भवन निर्माण कार्यालयसंगको सहकार्यमा वसपार्कको गुरुयोजना निर्माण... पुरा पढ्नुहोस
लाईभ दोहोरीमा अब्वल निशा भण्डारी
- 5 बर्ष, 5 महिना अगाडि
- २६ पुष २०७६, शनिबार
म्याग्दी, २६ पुस । लाईभ दोहोरीमा अब्बल गायिका १४ बर्षिय निशा भण्डारी जिल्लामा हुने विभिन्न मेला महोत्सवमा देखाउने प्रस्तुतीले चर्चा बटुलिरहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु सिर्जलगाउँमा जन्म भएकी भण्डारी सानै उमेरमा चर्चित कलाहरुसंग लाइभ दोहोरी गाएर चर्चा बटुलिरहेकी छन् । दोहोरी गाउन अब्वल भण्डारीले चर्चित दोहोरी गायक राजु परियार,... पुरा पढ्नुहोस
बेनी खानेपानी संस्थाको २० औँ बार्षिक साधारण सभा
- 5 बर्ष, 5 महिना अगाडि
- २५ पुष २०७६, शुक्रबार
म्याग्दी, २५ पुष । सदरमुकाम बेनीबासीलाई खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको २० औँ बार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षता भएको साधारण सभालाई सम्वोधन गर्दै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले सदरमुकाम बेनीमा घरधुरी सख्ंया र जनसंख्याको चाप दैनिक रुपमा... पुरा पढ्नुहोस
पुननिर्माण अभियानले विद्यालयको स्वरुप फेरिँदै, २५ विद्यालय भवन निर्माण
- 5 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
म्याग्दी, २४ पुस । म्याग्दीमा विद्यालय पुननिर्माण अभियानले गति लिएको छ । २०७२ सालको भुकम्पपछि क्षतिग्रस्त घर र सामुदायिक विद्यालय पुननिर्माण अभियान अन्तर्गत आवास पुननिर्माण सुस्त बनेपनि विद्यालय भवन पुननिर्माणले भने विद्यालयहरुको स्वरुप नै फेरिन थालेको छ । म्याग्दीमा विद्यालय पुननिर्माण सुरु भएको तीन बर्षको अवधधिमा २५ वटा विद्यालय पुननिर्माण... पुरा पढ्नुहोस
भिम माविले मनायो ६०औं बार्षिकोत्सव तथा खेलकुद सप्ताह
- 5 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७६, बिहीबार
यामनाथ पौडेल देविस्थान ,२४ पुस । म्याग्दीको पश्चिम मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माध्यपमिक विद्यालयले विविध कार्यक्रम गरी आफ्नो ६० औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले ६० औँ बार्षिक उत्सवको अवसरमा खेलकुद सप्ताह तथा अभिभावक दिवस सहित विविध कार्यक्रमको अयोजना गरि मनाएको हो । २० गतेदेखी तीन दिन सम्म... पुरा पढ्नुहोस
विश्वकर्माले ल्याए ‘गंगा जमुना’काे स्वरमा अर्को सन्देशमुलक गीत (भिडियाे सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
'सगरमाथाको देश हाम्रो नेपाल ' जस्तो सर्वप्रिय गीत र 'हामी विश्वकर्मा ' जस्तो विश्वकर्मा जातिको गौरवगाथाको गीत प्रस्तुत गरिसकेका म्याग्देली कलाकार विकास विश्वकर्माले फेरि अर्को सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । आजको वैज्ञानिक तथा सभ्य भनिएको समाजमा पनि मान्छेले मान्छेलाई छुन हुँदैन भन्ने अन्धविश्वासबाट ग्रसित मानसिकता अझै सफा हुन नसकेको... पुरा पढ्नुहोस
जिसस सभाहल उद्घाटन, ‘संघिय सरकारसंग सहकार्य र संघर्ष’ : मुख्यमन्त्री गुरुङ (भिडियो र तस्बिर सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
बेनी, २२ पुस । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारसंग प्रदेश सरकारको सहकार्य र संघर्ष दुबै रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित भवनको मंगलवार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नयाँ अभ्यासको रुपमा कार्यान्वयनमा आएको संघिय संरचनामा प्रदेश सरकारको अधिकारको लागि संघर्ष र विकास र... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुलाई सहयोग (फोटो फिचर)
- 5 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
म्याग्दी २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी नन्दकुमारी भण्डारीले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । आफ्नो ६१ औँ जन्मदिनको अवसरमा भण्डारीले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका बालबालिकाहरुलाई रु १५ हजार बराबरको जुत्ता, मोजा र लत्ताकपडा सहयोग गर्नुभएको हो । दृष्टिविहिन स्रोत... पुरा पढ्नुहोस
बिम मालिका संघद्धारा दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
म्याग्दी २२ पुष । जिल्लाको बिम मालिका संघले बस दुर्घटनाका घाइते र मृतकका परिवारलाई सोमबार सात लाख ५८ हजार रुपैयाँ सहयोग वितरण गरेको छ । कात्तिक १७ गते मालिका गाउपालिका–७ बिमको गलघण्टीमा बस दुर्घटना हुदा ज्यान गुमाएकाको आफन्तलाई राहत र घाइतेहरुको उपचारका लागि संघले आर्थिक सहयोग संकलन गरेको थियो... पुरा पढ्नुहोस
काँग्रेसले राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी बिमला गौचन छनौट
- 5 बर्ष, 6 महिना अगाडि
- २० पुष २०७६, आईतवार
म्याग्दी, २० पुस । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसबाट म्याग्दीकी बिमला गौचन उम्मेदवार चयन भएकी छिन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको हो । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले गण्डकी... पुरा पढ्नुहोस