विशेष

शिवरात्री पर्वमा गलेश्वर मन्दिरमा रु ४ लाख ३५ हजार भेटी संकलन

  म्याग्दी, ७ फागुन । बेनी नगरपालिका – ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एकै दिन रु ४ लाख बढी भेटी संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा शनिवार गलेश्वर शिवालयको दर्जन र पुजाआजा गर्न आएका भक्तजनबाट रु ४ लाख ३५ हजार ३७ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास... पुरा पढ्नुहोस

‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा

बागलुङ ७ फागुन । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ... पुरा पढ्नुहोस

महाशिवरात्रि पर्वमा गलेश्वरमा भक्तजनको भीड (फोटाे फिचर)

म्याग्दी ६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र दर्शनार्थिहरुको भीड लागेको हो । विहानैदेखि भक्तजनको भीड लागेपछि लाइन लगाएर सहज रुपमा पुजा र दर्शन गर्ने व्यवस्था... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा पहिराको अध्ययन

म्याग्दी, ६ फागुन । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्रमुख चुनौतीका रुपमा रहेका पहिराको दिगो रोकथामका लागि अध्ययन थालिएको छ । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा पहिराको भौगर्भिक अध्ययन थालेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो... पुरा पढ्नुहोस

सिकारीका पर्खाइमा ढोरपाटन सिकार आरक्ष

बलेवा, ६ फागुन । ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरुआत भएको छ । आगामी सिकार याम (२०७९ फागुन–२०८० वैशाख)का लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट सिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो... पुरा पढ्नुहोस

प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू

म्याग्दी ५ फागुन । म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा शुक्रबारदेखि बाबियाचाैरमा  ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको... पुरा पढ्नुहोस

चर्को व्याजदर र मिटर व्याजका विरुद्ध बेनीमा नेकपाकाे प्रदर्शन (तस्बिर/भिडियाे)

म्याग्दी ५ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चर्को बैँक व्याजदर, लघुवित्त र मिटर व्याजका विरुद्ध शुक्रवार बेनीमा पर्दशन गरेको छ । देशका विभिन्न स्थानमा सर्वसाधारण नागरिकले चर्को व्याजदर र मिटर व्याजका कारण आफुहरु समस्यामा परेको भन्दै विभिन्न निकायमा उजुरी दिनेक्रम बढेपछि विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गरेको... पुरा पढ्नुहोस

स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपालको सनसनीपूर्ण जित

काठमाण्डौ, ५ फागुन । कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकाल्दै स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले जीतका लागि राखेको २ सय ७६ रनको लक्ष्य नेपालले ४७ औँ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले नटआउट... पुरा पढ्नुहोस

अनेरास्ववियुको सचिवमा म्याग्दीका प्रकाश पौडेल विजयी

  म्याग्दी, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा म्याग्दीका प्रकाश पौडेल विजयी भएका छन् । शुक्रबार बिहान भएको मतपरिणाम अनुसार ५२८ मत लिएर पौडेल बिजयी भएका हुन् । सचिवमा विजयी पौडेल जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य निर्वाचित हुदै सचिवालय सदस्य र गण्डकी प्रदेशको संयोजक पदमा रहेर संगठनको... पुरा पढ्नुहोस

बगरको कर तिर्दै बगरफाँटवासी

ध्रुवसागर शर्मा म्याग्दी ४ फागुन । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् । विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन् । म्याग्दी नदीको कटानका कारण बगरफाँटको... पुरा पढ्नुहोस