माओवादी केन्द्रका नेता र कार्यकर्ताद्वारा सडक मर्मत

  • १३ आश्विन २०८०, शनिबार
  • 353 पटक पढिएको

 

म्याग्दी, १३ असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले बेनी नगरपालिका– १ रत्नेचौरस्थित रुईनेडाँडाको सडक मर्मत गरेका छन् । माओावादीको तीन महिने अभियान अन्तरगत बागलुङ– बेनी सडक अन्तरगत पर्ने रुइने डाडामा मर्मत गरेका हुन् ।

वडा कमिटिको आयोजनामा करिब ३५ जना नेता कार्यकर्ताहरुको टोलीले शनिबार विहान करिव ३ घण्टाको श्रमदानमार्फत सडक मर्मत गरिएको नेकपा माओवादी केन्द्रका बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीले जानकारी दिनुभयो । श्रमदानमार्फत हिलो हुने ठाउँमा ढुंगा विछ्याउने र ग्रेड मिलाउने गरिएको नगर अध्यक्ष केसीले बताउनुभयो ।

वडा कमिटिका अध्यक्षतसुरत केसीको नेतृत्वमा भएको श्रमदानमा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य विनोद केसी, प्रदेश सदस्य ज्योती लामिछाने लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।