विशेष

भुरुङमा भूमे थानको उद्घाटन

  सुरेन गुरुङ, म्याग्दी, २० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थानको उद्घाटन गरिएको छ । प्रकृतिलाई खुशी बनाउने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरिएको थानको उद्घाटन गरिएको हो । स्वदेश तथा विदेशमा रहेका भुरुङबासीको सक्रियतामा गाउँको शिरमा रहेको थानको पुर्वाधार निर्माण गरिएको थियो । अन्नपूर्ण गाउँपालिका... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चितता घोषणा

बेनी, २० वैशाख। म्याग्दीको धवलागिरि गाउँपालिकाका सात वटै वटा पूर्णखोप सुनिश्चितता घोषणा भएका छन् । १६ देखि २३ महिना सम्मका सबै बालबालिकाहरुलाई जन्मदेखि १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपहरु लगाएको भेटिएपछि गाउँपालिकाका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडाको रुपमा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका सबै वडाहरुमा घरधुरी सर्वेक्षण... पुरा पढ्नुहोस

मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन

म्याग्दी १९ वैशाख । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अनुदानतर्फबाट ९५ लाख ९६ हजार... पुरा पढ्नुहोस

गुर्जामा छन्त्याल संस्कृति संरक्षणको लागि भेषभुषा सहयोग

बेनी, १९ वैशाख । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ । गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त सामाग्री सहयोग गरेको हो । सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा मिलन म्याग्दीले... पुरा पढ्नुहोस

एकै परिवारका चार दिदीबहिनी सरकारी सेवामा

कमल खत्री बेनी, १९ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घरहरु छन् । मुलगाउँदेखि केहि तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास रहेको छ । आफ्नो जीवनको अधिकाँश समय गोठ बसेर घरखर्च जुटाउनुभएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उहाँकी जीवनसाथि राममायाँले गोठमा... पुरा पढ्नुहोस

भेडीओढारमा पर्यटकको चहलपहल बढ्दै

  म्याग्दी, १८ बैशाख । पछिल्लो समय धौलागिरि आइसफल पदमार्ग अन्तरगतको रघुगंगा गाउँपालिकाको पर्यटकियस्थल –रुईसे– भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास भएको छ। समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाईमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जंगल र भेडाबाख्राको गोठहरुको आकर्षणले पर्यटकको रोजाईमा परेको हो... पुरा पढ्नुहोस

धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

  शिवाङ, १६ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो । तलिममा २८ वटा... पुरा पढ्नुहोस

धौलागिरि अधिकृत विक्रेता संघमा म्याग्दीका राजन श्रेष्ठ

  म्याग्दी, १६ वैशाख । धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना रहनुभएको संघको उपाध्यक्षमा प्रणिनाथ गौतम, महासचिवमा हेमन्त बानिया, सचिवमा दिपेन्द्र कडेल र कोषाध्यक्षमा नारायण... पुरा पढ्नुहोस

सुविधा र पूर्वाधारले पर्यटक आकर्षित

म्याग्दी, १६ बैशाख । अन्नपूर्ण चक्रिय पदमार्ग क्षेत्रमा पर्यटकहरुलाई लक्षित गरि होटल सुविधाको क्षमता विस्तार र पदमार्ग लगायतका पूर्वाधारले पर्यटकहरु आकर्षित भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र पर्ने चर्चित पर्यटकीय स्थलहरु घोरेपानी, पुनहिल, मोहरेडाँडा, फुलवारी, करवाकेली, खोपारा, भुरुङतातोपानी, अन्नपूर्ण आधार शिविर लगायतका क्षेत्रमा अहिले पर्यटकहरुको आगमन ह्वात्तै बढेको छ ।... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहबाट श्रम स्विकृति दिन शुरु

म्याग्दी, १६ वैशाख । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति दिने सेवा शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ । अन्नपूर्ण, धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाले रोजगार... पुरा पढ्नुहोस