बेनी नगरपालिका–४ का विद्यालयमा सन्देशमुलक नाटक ‘बिहानी’ प्रदर्शन
- २८ जेष्ठ २०८१, सोमबार
- 247 पटक पढिएको
म्याग्दी, २८ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ नम्बर वडाभित्र रहेका विद्यालयहरुमा लागु पदार्थ दुव्र्यसनी तथा बाल विवाह न्यूनिकरण बिषयक सन्देशमुलक नाटक ‘विहानी’ प्रदर्शन गरिएको छ । बेनी नगरपालिका– ४ को आर्थिक सहयोगमा धौलागिरी नाट्य समूह बेनीले जनचेतनामुलक नाटक तयार गरेर विद्यालयमा पदर्शन गरेको हो । सोमबार वडाभित्र रहेका धौलागिरी मावि सिंगा, सरस्वती मावि तातोपानी, भृकुटी आधारभूत विद्यालय थामडाँडा, बालमन्दिर आधारभूत विद्यालय डाँडाखेत र तातोपानी तल्लो बजारमा उक्त नाटक पर्दशन गरिएको हो । नाकट विद्यालयका विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, अभिभावक र सर्वसाधारणले समेत अवलोकन गरेका थिए ।
कलाकार तथा सञ्चारकर्मी अमित विश्वकर्माको लेखन तथा धौलागिरी नाट्य समूहका अध्यक्ष रवि कार्कीको निर्देशनमा तयार गरिएको नाटकमा बाल विवाह र लागु पदार्थ दुव्र्यसनीले पार्ने असर तथा न्यूनिकरणमा गर्नुपर्ने पहलको बिषयबस्तुलाई समावेश गरिएको छ । उक्त नाटकमा कलाकारहरु रवि कार्की, बाबुराम सुवेदी ‘तिर’े, नारायण पौडेल, राजकुमार परियार, सुवास विश्वकर्मा, रञ्जिता जिसी, मनु थापा मगरले अभिनय गर्नुभएको थियो । पछिल्लो समय समाजमा बाल विवाह र लागु औषध दुव्र्यसनको समस्या बढ्दो क्रममा रहेकाले विद्यालय तहबाटै बालबालिकाहरुलाई सचेत र जागरुक बनाउन वडा कार्यालयको बार्षिक कार्ययोजना अन्तर्गत सन्देशमुलक नाटक प्रदर्शन गरिएको वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । उहाँले नाटक मार्फत प्रस्तुत कथाबस्तुले विद्यार्थीहरुमा प्रभाब पार्ने भएकाले वडाले सन्देशमुलक नाटक प्रदर्शनलाई बार्षिक कार्ययोजनामा नै समावेश गरिएको जानकारी दिनुभयो ।