भगवतीमा मुडा बुनाई सम्बन्धी सिपमुलक तालिम सम्पन्न
- २९ जेष्ठ २०८१, मंगलवार
- 1447 पटक पढिएको
म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा मुडा बुनाई सम्बन्धी सिपमुलक तामिल सम्पन्न भएको छ । मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा भगवतीमा रहेका तीन वटा आयआर्जन समूहका सदस्य एवम अपांगता भएका व्यक्तिहरुलाई एक सातासम्म मुडा बुन्ने तालिम दिइएको हो ।
२३ जनाको सहभागीता रहेको तालिममा शिब भण्डारी र कमला सुवेदीले मुडा बुन्ने सिप सिकाउनुभएको थियो । तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै रघुगंगा गाउँपालिका– २ का वडा अध्यक्ष अमृत भण्डारीले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सकेमा आयआर्जन गर्न सकिने धारणा राख्नुभयो ।
मौवाफाँट सिकाई केन्द्रका अध्यक्ष मुक्तिनाथ शर्माको अध्यक्षता, कमला सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा सहभागी मित्रलाल सुवेदी र विष्णु भण्डारीले मन्तव्य राख्नुभएको थियो भने सिकाई केन्द्रका परिचालक दुर्गादेवी भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सिकाई केन्द्रको आयोजनमा यसअघि मौवाफाँटमा समेत मुडा बुन्ने तालिम सम्पन्न गरिएको थियो । मौवाफाँट सामुदायिक सिकाई केन्द्रले रघुगंगा गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का २२ वटा आयआर्जन समूहका सदस्यहरुलाई साक्षर गराउन सहजीकरण गर्ने र सिपमुलक तथा आयआर्जन मुलक तालिम सञ्चालन गर्दै आएको छ ।