विशेष

पर्यटन मार्फत आम्दानी गर्दै अन्नपूर्ण गाउँपालिका

बेनी, ८ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मार्फत रु १ करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीय स्थल भुरुङ तातापानी, पाउद्धार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का... पुरा पढ्नुहोस

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर बढ्यो

  म्याग्दी, ७ भदौ । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मा फर्किने र प्रवेश गर्ने लहर बढेको छ । विगत विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता आउने र केन्द्रित हुने लहर म्याग्दीमा बढ्दै गएको हो । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले बुधबार... पुरा पढ्नुहोस

पहिरोले विद्युत्गृह बगाएपछि एक महिनादेखि लुलाङबासी अन्धकारमा

  म्याग्दी, ७ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको चार सय घर परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता... पुरा पढ्नुहोस

तिन महिने अभियान अन्तरगत माओवादी केन्द्र म्याग्दीको कार्ययोजना निर्माण

  म्याग्दी, ६ भदौं । तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बसेको विस्तारित बैठकले कार्ययोजना निर्माण गरेको छ । भदौ १६ देखि सुरु गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ नेकपा माओवादी केन्द्र म्याग्दीले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत कार्ययोजना निर्माण... पुरा पढ्नुहोस

काठमाडौंबाट बेनी आउँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु

धादिङ ६ भदौ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु... पुरा पढ्नुहोस

पहिरोबाट विस्थापित सुबावासीलाई आपतकालिन राहत

  दाना, ५ भदौ । पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवाका बासिन्दाहरुलाई मंगलबार आपतकालिन राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई रु. एक लाख दश हजार नगद वितरण गरेको हो । दानाका वडा अध्यक्ष रमेश पुर्जाले पहिरोबाट घर भत्किएका सतबिर पाईजालाई रु. १५ हजार... पुरा पढ्नुहोस

ब्रेन ट्यूमर पीडित हरी दमाईलाई उपचारमा आर्थिक समस्या

म्याग्दी, ५ भदौ । टाउकोमा ब्रेन ट्यूमर रोगबाट पीडित भएका रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ३५ बर्षिय हरि दमाईलाई उपचारमा आर्थिक समस्या भएको छ । रोजगारका लागि कतार पुगेको ६ महिनामा उहाँको टाउकोमा समस्या बढ्दै गएपछि घर फर्किर पोखरास्थित गण्डकी अस्पताल पोखरामा उपचार गराउँदै आउनुभएको थियो । उपचार(अप्रेशन) प्रश्चात टाउँकोमा... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक खण्डमा नारच्याङदेखि दाना जोड्ने बैकल्पिक मार्गको माग

  https://www.youtube.com/watch?v=X1NiDGfIPF8   कमल खत्री बेनी, ५ भदौ : बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिरोले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले बैकल्पिक सडकको माग गरेका छन् । अविरल बर्षासंगै आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ... पुरा पढ्नुहोस

क्लव स्थापना दिवसको अवसरमा मोटरेवल पुलको सरसफाई

धु्रवसागर शर्मा दरबाङ ४ भदौ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित पश्चिम म्याग्दी युथ क्लवमा आवद्ध युवाहरुले क्लवको २६ औं स्थापना दिवसको अवसरमा सोमबार पुल र सडक क्षेत्रको सरसफाइ गरेका छन् । लामो इतिहास बोकेको पश्चिम म्याग्दी युथ क्लव पश्चिम म्याग्दीको गर्बिलो संस्था भएकोले र विगतमा पनि विभिन्न किसिमका सामाजिक कार्यहरु... पुरा पढ्नुहोस

बेनीमा एकमहिने बर्खे नाच देखाउन सुरु (फोटो फिचर)

म्याग्दी, ४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्ह: पूच: हरुले (युवा) बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । नेवार संस्कृतिमध्ये बर्खे नाच... पुरा पढ्नुहोस