विशेष
जिसस प्रमुखमा निर्विरोध निर्वाचित केसी को हुन् !
- 7 बर्ष, 3 महिना अगाडि
- २० श्रावण २०७४, शुक्रबार
म्याग्दी, २० साउन । जिल्ला समन्वय समिति म्याग्दीले परिपक्क नेतृत्व पाएको छ । मंगलवार मनोनयन दर्ताको समयसिमा भित्र एकल उम्मेदवारी परेपछि एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध जिसस प्रमुखमा चुनिएका हुन् । साविक भगवती–४ कटुवाल टोल निवासी रहेका केसी गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका–२ भगवतीबाट वडा... पुरा पढ्नुहोस
पात्लेखेतमा १५ घर पहिरोको उच्च जोखिममा, तिन घरपरिवार विस्थापित
- 7 बर्ष, 3 महिना अगाडि
- १९ श्रावण २०७४, बिहीबार
म्याग्दी, १९ साउन । बेनी नगरपालीका १० पात्लेखेतमा पहिरोका कारण पन्ध्र घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोले घरमा क्षत्ती पुर्याएपछि तिन घरपरिवार विस्थापित भएका छन् । लालबहादुर हमाल, खिमबहादुर सार्की र खम्बि गर्बुजाको परिवार पहिरोले घरमा क्षत्ती पुर्याएपछि विस्थापित भएका छन् । र थप १५ घर जोखिममा रहेका... पुरा पढ्नुहोस
बेनीमा घोडानाच प्रदर्शन
- 7 बर्ष, 3 महिना अगाडि
- १८ श्रावण २०७४, बुधबार
म्याग्दी, १८ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान अन्र्तगत बुधवार घोडानाच पदर्शन गरिएको छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु देखाउने तयारी अन्र्तगत बुधवार बेनीमा घोडाचान देखाईएको नेपाल भाषा मंकाः खलः अन्र्तगत रहेको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले... पुरा पढ्नुहोस
यसरी सहमतीमै जिल्ला समन्वय समिति चयन भयो म्याग्दीमा
- 7 बर्ष, 3 महिना अगाडि
- १७ श्रावण २०७४, मंगलवार
म्याग्दी, १७ साउन । जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवार जिससको उम्मेदवारी दर्ताको समयभित्र जिससको संयोजक पदमा केसीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । जिसस गठनमा काँग्रेस र एमालेबिच प्रमुख र उपप्रमुखमा गोलापोला मार्फत टुंगो लगाउने र अन्य सदस्यहरुमा... पुरा पढ्नुहोस
गलेश्वरमा एकै दिन तिन लाख भेटि संकलन
- 7 बर्ष, 3 महिना अगाडि
- १७ श्रावण २०७४, मंगलवार
बेनी, १७ साउन । बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा एकै दिन तिन लाख रुपैया भन्दा बढी भेटी संकलन भएको छ ।सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले तिन लाख दश हजार रुपैया भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनीक गरेको हो ।... पुरा पढ्नुहोस
योजना आयोगका उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा
- 7 बर्ष, 3 महिना अगाडि
- १६ श्रावण २०७४, सोमबार
म्याग्दी, १६ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागु हुने गरी राजीनामा दिएका हुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत बर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई... पुरा पढ्नुहोस
यस्तो छ मधेश राजनीतिमा गच्छदारको ८ वर्षे यात्रा
- 7 बर्ष, 3 महिना अगाडि
- १६ श्रावण २०७४, सोमबार
साउन १६, मधेश राजनीतिमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) उदाएको सोमबार ८ वर्ष पूरा भएको छ । गच्छदारले उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल फुटाएर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । अध्यक्ष गच्छदारले निर्वाचन आयोगबाट २०६६ साउन १६ गत पार्टीको आधिकारिता प्राप्त... पुरा पढ्नुहोस
जिसस म्याग्दीको निर्वाचन :एमालेकै पक्षमा राप्रपा
- 7 बर्ष, 3 महिना अगाडि
- १५ श्रावण २०७४, आईतवार
म्याग्दी १५ साउन । साउन २० गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनमा निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने भएका छन् । उम्मेदवारी दर्ताअघि उसले दुई ठुला शक्ति काँग्रेस र एमालेसँग मतदान गर्नुपर्ने अवस्था आउन नदिनका लागि समन्वयकारी भूमिका खेल्ने समेत उल्लेख गरेका छन् । ६ स्थानीय... पुरा पढ्नुहोस
बेनीमा भव्य साँस्कृतिक कार्यक्रम
- 7 बर्ष, 3 महिना अगाडि
- १३ श्रावण २०७४, शुक्रबार
विहिबार बेनीमा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बेनी नगरपालिका ५ का कृष्ण क्षत्रीले बजारमा ल्याउन लागेको नयाँ गीति एल्बमका लागि सहयोर्थ आयोजना गरिएको कार्यक्रममा म्याग्दीका एक दर्जन भन्दा धेरै कलाकारहरुले साँगीतिक कोसेली पस्कीएका थिए । शारीरिक रुपमा असक्त क्षत्रीले नेपाली पप गीत गाउने गरेका छन् । ... पुरा पढ्नुहोस
प्रसिद्ध धार्मिक स्थल ऋखार क्षेत्रमा भक्तजनको भिड
- 7 बर्ष, 3 महिना अगाडि
- १३ श्रावण २०७४, शुक्रबार
म्याग्दी, १३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘ऋखार क्षेत्र’ मा भक्तजनहरुको भिड लागेको छ । सप्तऋर्षिहरुले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तिर्थस्थलको रुपमा चिनिदै आएको ऋखार क्षेत्रमा आज विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । पूर्णिमाको दिन साउन २३ गते चन्द्रग्रहण परेकाले नाग पञ्चमीको दिन... पुरा पढ्नुहोस