विशेष

पहिरो निरीक्षणमा पुगेका गाउँपालिका अध्यक्ष रोकाद्धारा पहिरो पिडितलाई सहयोग गर्न अपिल

म्याग्दी, ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा पहिरोबाट प्रभावित बनेको क्षेत्रको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र सुरक्षा निकायका प्रतिनिधिहरुले निरीक्षण गरेका छन् । मंगलवार राती गएको पहिरोबाट बिलबाङमा पुगेको क्षतीको बुधवार दिउँसो स्थलगत रुपमै पुगेर निरीक्षण गरिएको हो । पहिरोको अवस्था निरिक्षण गरि पुरिएका चार घर सहित पूर्ण... पुरा पढ्नुहोस

रुमका पहिरो पिडितलाई २० हजारका दरले राहत दिने विपद व्यवस्थापन समितिको निर्णय

म्याग्दी, ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रूम बिलबाङमा बस्ती माथिबाट खसेको पहिरोबाट पूर्ण रुपमा क्षती पुगेका ६ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले राहत दिने भएको छ । मंगलवार राती भएको बाढी पहिरोको घटना लगत्तै बुधबार दिउँसो बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले बिलबाङका घरबार विहिन पहिरो पिडितलाई २० हजारका... पुरा पढ्नुहोस

बागलुङकाे निसीखोलामा पहिराेमा सासु बुहारी बेपत्ता

बागलुङ साउन ३० । गएराती परेको अविरल वर्षा पछि खसेको पहिरोले बागलुङको निसीखोला गाउपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी ६५ वर्षिया श्रीमती (धन )दिलकुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाही सम्पर्क विहीन रहेका छन् । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिएको जानकारी अनुसार ५ वर्षिय... पुरा पढ्नुहोस

रुमको बिलबाङमा पहिरोले चार घर पुरिए, ११ घर जोखिममा

बेनी ३० साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गयराती गएको पहिरोले ४ घर पुरिएका छन् । बर्षासंगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो । रुमदेखि खबाङ जाने मोटरबाटो छेउबाट खसेको पहिरोले घर पुरिएपनि विहान पख पहिरो गएकाले भागदौड गरि स्थानीयले... पुरा पढ्नुहोस

मर्मतपछि बेनी–जोमसोम सडक सूचारु

म्याग्दी २९ साउन ÷ दर्जनौ ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार साँझदेखि खुलेको छ ।७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो । सडक खुलेपछि मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु गन्तब्यतर्फ... पुरा पढ्नुहोस

बेनीमा बम विष्फोटको आवाज, लम्लिहिल नजीकैको जंगलबाट निस्कीयो धुवाको मुस्लो (फोटो फिचर)

म्याग्दी, २९ साउन । म्याग्दी सदरमुकाम बेनी नजिकै बम विष्फोट भएको छ । आज साँझ करिब ६ बजेर ५ मिनेट जाँदा बेनी आसपासमा बम विष्फोट भएको ठुलो आवाज आएपछि सर्वसाधारण त्रसित बनेका छन् । बम विष्फोटको आवाज लगत्तै बेनी नजीकै रहेको पर्यटकीय लभ्लिहिल जाने बाटोमा रहेको जंगलबाट धुँवाको मुस्लो निस्कीएको... पुरा पढ्नुहोस

उद्यान निर्माणको लागि मंगला गाउँपालिकालाई करिब रु ४० लाख बराबरको जग्गा सहयोग (फाेटाे फिचर)

म्याग्दी, २९ साउन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बालबालिका तथा ज्येष्ठ नागरिक पार्क निर्माणको लागि करिब रु ४० लाख बराबरको जग्गा प्राप्त भएको छ । मंगला गाउँपालिका–२ बावियाचौर घर भई हाल काठमाण्डौ निवासी क्याप्टेन इन्द्र बहादुर अधिकारीले ३ रोपनी, १५ आना ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क रुपमा... पुरा पढ्नुहोस

ऋखार क्षेत्रमा भक्तजनको स्वागतार्थ जनश्रमदानमा गेट तयार

म्याग्दी, २९ साउन । सप्तऋषिले तपस्या गरेको पूण्यभूमि ऋखारमा पुजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि स्वागत गेट बनाईएको छ । रघुगंगा गाउँपालिका– ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको ७ लाख रुपैयाँ नगद र जनश्रमदानमा स्वागत गेट बनाईएको हो । उक्त गेट भाद्र ५ गते... पुरा पढ्नुहोस

सरकारी कार्यालयको लेखापरिक्षण सुरु

म्याग्दी, २८ साउन । महालेखा परिक्षण कार्यालयको आयोजनामा म्याग्दीका सरकारी कार्यालयको लेखापरिक्षण सुरु गरिएको छ। आर्थिक बर्ष २०७४/०७५ मा जिल्लाका सरकारी कार्यालयले गरेको आम्दानी र खर्चको मलेपको आयोजनामा लेखापरिक्षण सुरु गरिएको हो ।नयाँ संघिय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहअनुसार जिल्लाका सबै सरकारी कार्यालयको विकास निर्माणमा आर्थिक पारर्दशिताको लागि र... पुरा पढ्नुहोस

साउन महिनाको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको भिड (फाेटाे फिचर)

बेनी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा साउन महिनाको अन्तिम सोमबार आज भक्तजनको बाख्लो भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्रविकास... पुरा पढ्नुहोस