म्याग्दी समाचार

दरवाङको उपल्लो बजारको सडक कालोपत्र

म्याग्दी, २७ वैशाख । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो । उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि... पुरा पढ्नुहोस

म्याग्दीमा ट्राफिक सप्ताह मनाउन सुरु (तस्बिर/भिडियो)

म्याग्दी, २५ वैशाख । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । https://www.youtube.com/watch?v=8IxsXYVfhy0   वैशाख ३१ गतेसम्म विभिन्न सचेतनामूलक... पुरा पढ्नुहोस

भकिम्लीमा सामुदायिक भवनमा सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान

म्याग्दी , २४ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक भवनको तला थप गरी व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान सञ्चालन भएको छ । वडा नम्बर ३ का अधिकाँश स्थानीयले सार्वजनिक कार्यका लागि उपयोग गर्दै आएको सामाजिक भवनमा व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन गर्न थालिएको हो । भवनको... पुरा पढ्नुहोस

साइबर सुरक्षा तथा कानुन सम्बन्धी तालिम सम्पन्न

कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दीले (मे २) राष्ट्रिय सूचना प्रविधिको अवसर पारी १ दिने साइबर सुरक्षा तथा कानुन विषयमा तालिम सम्पन्न गरेको छ । म्याग्दी जिल्लामा सूचना र प्रविधिको बिकास र बिस्तार सँगसँगै साइबर अपराध पनि बढ्दै गएको र आगामी दिनमा अझै बढ्ने भएको र यसले ठूलो खतरा... पुरा पढ्नुहोस

म्याग्दीमा मापसे नियन्त्रणमा ट्राफिक प्रहरीको सक्रियता बढ्यो

म्याग्दी , २३ वैशाख । म्याग्दीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने कार्य रोक्न र नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा हुने सवारी दुर्घटनाको प्रमुख कारण नै मापसे गरेर सवारी चलाउने रहेकाले जिल्ला सदरमुकाम बेनी संगै सिंगा तातोपानी, दरबाङ, भुरुङतातोपानी र दानामा पोष्ट नै खडा गरेर... पुरा पढ्नुहोस

म्याग्दीमा जेसीज सप्ताह मनाउने तयारी

म्याग्दी, २३ वैशाख । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो । म्याग्दी जेसीजसका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षतामा सम्पन्न साधारणसभाले जेठ ९ गतेदेखि १५ गतेसम्म... पुरा पढ्नुहोस

लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो । समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका रहेको बताउँदै प्रदेश सभा... पुरा पढ्नुहोस

रितुङ्ग माविमा आफन्तको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ घ्यासीखर्कमा रहेको रितुङ्ग माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन उक्त अक्षयकोष स्थापना गरेका हुन् ।  दिवंगत छन्त्याल दम्पतीको... पुरा पढ्नुहोस

सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु

म्याग्दी ,२० वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर... पुरा पढ्नुहोस

‘मौरीस हर्जोग’ पदमार्ग र अन्नपूर्ण आधार शिविरको पर्यटन प्रर्वद्धन कार्यक्रम 

  सुरेन गुरुङ अन्नपूर्ण २१ बैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारका लागि लगानी भित्र्याउन पहल सँगै प्रर्वद्धनका लागि बुधबार आधार... पुरा पढ्नुहोस