म्याग्दी समाचार
बाम गठबन्धनको भुरुङ तातोपानी र दोवामा चुनावी सभा
- 8 बर्ष, 2 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
बेनी, ३० कात्तिक । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बिहीबारदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा संयुक्त चुनाव प्रचार अभियान सुरु गरेका छन् । मंगला, मालीका, धौलागिरी, रघुगंगा गाउँपालीका र बेनी नगरपालीकाका वडाहरुमा आमसभा गरेका एमाले माओवादी केन्द्रले बिहीबार अन्नपूर्ण गाउँपालीकाको दोवा र भुरुङ तातोपानीमा संयुक्त... पुरा पढ्नुहोस
निर्वाचन आचार संहिता विपरित विद्युतका पोल वितरण
- 8 बर्ष, 2 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
म्याग्दी,३० कात्तिक । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले आसन्न निर्वाचनलाई प्रभावीत बनाउने गरी आचार संहिता विपरीत विद्युतका पोल वितरण गरेको छ । बेनी नगरपालीका ९ घतानको दलीत बस्तीका बासिन्दालाई प्राधिकरणले राजनितिक दवावमा विद्युतका पोल उपलब्ध गराएपछि आचार संहिता उल्लङ्घन गरेको खुलासा भएको हो । कसरी र को मार्फत पोल... पुरा पढ्नुहोस
बालाचर्तुदशी मेलाको तयारी पूजा
- 8 बर्ष, 2 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
म्याग्दी, ३० कात्तिक । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा बालाचतुर्दशी तथा सतविजारोपण मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । बालाचर्तुदर्शी मेलाको अवसरमा दिवंगत आफन्तको सम्झनामा सतविज रोपण गर्दा प्रितीहरुको उद्दार हुने धार्मिक जनविश्वास छ । सतविज रोपणका लागि म्याग्दीका विभिन्न भागका साथै पर्वत, बागलुङ, कास्की, मुस्ताङ लगायत देशका दुरदराजबाट समेत भक्तजनहरु... पुरा पढ्नुहोस
जेष्ठ नागरिकलाई फलफुल वितरण गरि राप्रपा राष्ट्रबादीका उम्मेदवार शाहीको प्रचार प्रसार सुरु
- 8 बर्ष, 2 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
म्याग्दी, ३० कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिधिसभा र प्रदेशसभा निर्वाचनमा एकीकृत राप्रपा (राष्ट्रबादी) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएका रामबहादुर शाहीले निर्वाचन प्रचार प्रसार अभियान थाल्नुभएको छ । रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल निवासी शाहीले गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरि... पुरा पढ्नुहोस
पात्लेखेतका पहिरो पिडितलाई युएईबाट सहयोग
- 8 बर्ष, 2 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
बेनी ३० कात्तिक । बेनी नगरपालीका १० पात्लेखेतका पहिरो पिडितहरुको सहयोगका लागि स्थापित कोषमा युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको पहलमा संकलित तिस हजार रुपैया विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा अध्यक्ष रिम रोकालाई हस्तान्तरण गरिएको हो । मोना युएईका प्रतिनिधि रामु रकालले... पुरा पढ्नुहोस
निर्वाचन लक्षित सचेतनामुलक नाटक म्याग्दीमा
- 8 बर्ष, 2 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
म्याग्दी,३० कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सचेतनामुलक नाटक म्याग्दीमा प्रस्तुत गरिएको छ । उक्त नाटक जिल्ला निर्वाचन कार्यालयको आयोजना र धौलागिरि नाट्य समुह म्याग्दीको संयोजनमा प्रस्तुत गरिएको हो । आगामी निर्वाचनमा मतदाताले भोट हाल्ने तरिका, पालन गर्नुपर्ने नियम र भोट बदर... पुरा पढ्नुहोस
आचार संहिता उल्लङ्घनमा गाउँपालिका विरुद्ध उजुरी
- 8 बर्ष, 2 महिना अगाडि
- ३० कार्तिक २०७४, बिहीबार
म्याग्दी– डोजर लगाएर सडक निर्माण गरी आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्न खोजेको भन्दै विभिन्न रघुगंगा र मंगला गाउ“पालिका विरुद्ध उजुरी परेको छ । रघुगंगा गाउ“पालिकाले लोकतान्त्रिक गठवन्धनका प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहाद्र गर्वुजा र प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउ“पालिकाले एमालेबाट प्रदेश... पुरा पढ्नुहोस
लोकतान्त्रिक गठवन्धनको भकिम्ली र सिंगामा चुनावि सभा सम्पन्न
- 8 बर्ष, 2 महिना अगाडि
- २९ कार्तिक २०७४, बुधबार
म्याग्दी, २९ कात्तिक । लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले नेपालको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नभएको बताए ।लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका ३ भकिम्लीमा आयोजना गरेको चुनावि सभामा बोल्दै लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गर्वुजाले मुलुकको विकास र निकासका लागि... पुरा पढ्नुहोस
वामगठबन्धनको चुनावी आमसभा बेगमा सम्पन्नः मुलुकलाई समृद्ध बनाउन बामगठबन्धनलाई बहुमत आवश्यक
- 8 बर्ष, 2 महिना अगाडि
- २९ कार्तिक २०७४, बुधबार
म्याग्दी,२९ कातिक । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश निर्वाचनलाई लक्षित गरेर वामगठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ । नेकपा एमाले र नेकपा माओवादीको सयुक्त बामगठबन्धनको मुल टोलीले रघुगंगा गाउँपालिका वडा १ बेगमा चुनावी आमसभा सम्पन्न गरेको छ । चुनावी आमसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार भुपेन्द्र थापाले देशमा राजनीतिक... पुरा पढ्नुहोस
ब्रेनट्युमर भएका कृषको उपचारका लागि बराईनबाट ७७ हजार आर्थिक सहयोग
- 8 बर्ष, 2 महिना अगाडि
- २९ कार्तिक २०७४, बुधबार
म्याग्दी,२९ कात्तिक । म्याग्दीको बेनी नगरपालीका ९ घतानका ब्रेनट्युमर भएका आठ बर्षिय बालक कृष चोखालको उपचारका लागी बराईनबाट ७७ हजार आर्थिक सहयोग भएको छ । ब्रेन ट्युमर भएका बालकका उपचारका लागि म्याग्दी उद्धार समिति बराईनको सक्रियतामा ७७ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो । रोजगारको शिलशिलामा बहराईनमा... पुरा पढ्नुहोस