यातायात क्षेत्रको समस्या समाधान गर्न पहल गर्छु: केसी

  • ६ पुष २०७४, बिहीबार
  • धिरन खत्री
  • 1587 पटक पढिएको

म्याग्दी, ६ पुष । म्याग्दीको क्षेत्र नम्बर क बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद विनोद केसीले यातायात क्षेत्रमा यथावत रहेको समस्यालाई सम्वन्धित क्षेत्रबाट समाधान गर्न पहल गर्ने बताएका छन् । म्याग्दीकाली यातायात ब्यवसायि समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा यस्तो बताएका हुन् ।


म्याग्दीकाली यातायात ब्यवसायि समितिको अध्यक्ष रहेका विनोद केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि कार्यसमितिले विहिबार एक कार्यक्रम आयोजना गरि फूल मालाले सम्मान गरेका थिए ।


सो कार्यक्रममा बौल्दै सांसद केसीले प्रदेश ४ को मूख्य आम्दानी पर्यटन भएको बताउँदै यसको फाईदा यातायात क्षेत्रले लिन सक्ने वातावरण भएको हुदाँ यातायात सुविधालाई ब्यवस्थित बनाउन आग्रह गरेका थिए । देश विकासका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताउदै यातायात क्षेत्र स्वस्थ्थ प्रतिस्पर्धाबाट अगाडी बढ्न आग्रह गरेका थिए । यातायात क्षेत्रमा भएको भष्ट्रचार, सिन्डिकेट लगायतका विविध समस्यालाई समाधान गर्न आफ्नो कार्यकालमा महत्वपुर्ण भूमिका हुने बताउनुभयो ।

समितिका उपाध्यक्ष देव गर्वुजा पुनको अध्यक्षता, सदस्य हरि भण्डारीको स्वागत मन्तव्य र सचिव देवेन्द्र पौडेलको संचालनमा भएको कार्यक्रममा आसिष श्रेष्ठले मन्तव्य राखेका थिए । सो कार्यक्रममा बोल्ने बक्ताहरुले यातायात क्षेत्रमा भएको जटिल समस्याहरुलाई सहज गराउन सांसद केसीलाई आग्रह गरेका थिए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l