तिप्ल्याङमा आगलागीबाट दुई वटा घर जलेर नष्ट, लाखौँको क्षती (तस्बिर सहित)
- ८ पुष २०७४, शनिबार
- कमल खत्री
- 3302 पटक पढिएको
म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । दिउँसो करिब ३ बजे अचानक आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १/१ वटा घर जलेर नष्ट हुँदा लाखौँको क्षती भएको छ । बेगबहादुर पुर्जाको घरसंगै जोडिएको फर्निचरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
गलागीबाट पुर्जाको फर्निचर र कुटानी पिसानी मिल समेत जलेर नष्ट भएको छ भने उनको घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा लगायतका सबै सामान जलेर नष्ट भएको घटनास्थलमा रहेका युवा जिवन कार्कीले बताउनुभयो ।
आगलागीबाट पुर्जाको फर्निचरमा मात्रै करिब रु ८ लाख बराबरको काठ र समाग्री जलेको छ । त्यस्तै घरभित्र रहेको ३ तोला सुन र रु २ लाख नगद समेत जलेको पिडित पुर्जाले बताउनुभयो । त्यस्तै आगलागीबाट पुर्जाको घरसंगै रहेको स्थानीय राजकुमारी तिलिजा घरमा समेत जलेको छ ।
उहाँको घरको आधाभन्दा बढी भाग जलेको अबस्थामा स्थानीयबासी, सडकमा काम गर्ने मजदुर , युवाहरु र प्रहरीले आगोलाई नियन्त्रणमभा लिएका हुन् । आगलागीबाट तिलिजाको कुखुराको खोरमा रहेका २० वटा कुखुरा सहित खोर समेत जलेर नष्ट भएको छ । अहिले प्रहरीले घटनास्थलमा पुगेर क्षतीको विवरण संकलन गरिरहेको छ । तस्बिर सन्तोष गौतम
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l