प्रहरी र सवारी चालक बिच अन्तरक्रिया

  • ५ बैशाख २०७५, बुधबार
  • 2047 पटक पढिएको

म्याग्दी, ५ वैशाख । जिल्ला ट्राफिक कार्यलय म्याग्दीको आयोजनामा म्याग्दीमा बुधबार प्रहरी र सवारी चालक विच अन्तरक्रिया भएको छ । म्याग्दी सदरमुकाम बेनि बजारको कालिपुल बसपार्कमा गरिएको अन्तरक्रियाको मुख्य उद्देश्य जिल्लामा हुने सवारी दुर्घटना कम गर्ने रहेको ट्राफिक कार्यलय म्याग्दीका प्रमुख शिवप्रसाद पाठकले बताउनु भयो ।


चालकहरु सँग अन्तरक्रिया गर्दै प्रहरि नायव उपरिक्षक बसुन्धरा खड्काले सवारी चलाउनु पुर्व सवारी चालकले यान्त्रिक अवस्था ( चक्का, सिट, नटहरु, स्टेरिङ्ग, वे्रक, वाईफर, लाईटहरु ) चेकजाँच नगरि सवारीसाधन चलाउँदा, क्षमता भन्दा बढी यात्रु राख्दा, मापद पदार्थ सेवन गरि सवारीसधान चलाउँदा र मोवाईलफोनको प्रयोग गरी रहेको अवस्थामा नै सवारीसधान चाउने गर्दा दुर्घटना हुने भएकाले र सवारीचलाउँदा ट्राफिक, सवारी नियमको पालना गर्नु पर्ने बताउनु भयो ।


करिब ३० जना साना तथा ठुला सवारी चलक हरुको उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रम ट्रफिक प्रमुख पाठकको सञ्चालनमा भएको कार्यक्रममा, म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का र प्रहरी नायव निरीक्षक लोकबहादुर गुरुङ्गले प्रशिक्षण दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यलय म्याग्दीमा गतवर्ष २०७४ सालको बैशाख महिनादेखि चैत्र मसान्तसम्म ६ वटा सवारी ज्यानका मुद्दा दर्ता भएका छन् । सवारी दुर्घटनामा परेर ९ जनाले ज्यान गुमाएका छन् । तीमध्ये २ जना बालबालिका, २ महिला र ५ पुरुष रहेका छन् ।