म्याग्दी समाचार
चन्द्रज्योती माविको ५९ औ वार्षिक उत्सव भब्य रुपमा मनाइयो
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
खिवाङ १७ जेठ । धौलागिरी गाउँपालीका ४ खिवाङ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ५९ औ वार्षिक उत्सव तथा ११ औ गणतन्त्र दिवसको अवसरमा आयोजित बिबिध कार्यक्रम बिहीबार सम्पन्न भएको छ । धौलागिरी गाउँपालिकाको आर्थिक सहयोग, हेम मावि स्रोत केन्द्रको संयोजन र विद्यालयको आयोजनामा मावि स्तरका विद्यार्थी र शिक्षकहरुबीच हाँजीरी जवाफ, लोक... पुरा पढ्नुहोस
मंगलामा मेलमिलाप सम्बन्धी तालिम सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
प्रताप बानियाँ / म्याग्दी, जेठ १७ – पश्चिम म्याग्दीको मंगला गाउँपालिकाकाको सदरमुकाम बाबियाचौरमा बिहीबारदेखि मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । समाजमा घट्ने घटनाको न्युनीकरण गर्न गाउँपालिकाको आयोजनामा मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले वडा तहका समस्या समाधान गर्ने उद्देश्यसहित मेलमिलापसम्बन्धी विषयमा... पुरा पढ्नुहोस
साहीत्यकार शर्माको ७० औ जन्मदिनमा १४ औ कृती बिमोचन
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
बेनी १७ जेठ । म्याग्दीका अग्रज साहीत्यकार धु्रबलाल शर्माको १४ औ कृती गित संग्रह “बह”को बिहीबार बेनीमा बिमोचन गरिएको छ ।बेनी नगरपालीका ६ का शर्माले ७० औ जन्मोत्सवको अवसरमा प्रकाशन गर्नुभएको उक्त कृतीको लक्ष्मीनारायण मन्दिर विकास समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष अबिरकुमार श्रेष्ठले बिमोचन गर्नुभएको हो । यो कृतीमा... पुरा पढ्नुहोस
मालिकामा नक्सा पास नगरी भवन निर्माण गर्नेलाई सेवा रोक्ने निर्णय
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
म्याग्दी १७ जेठ । म्याग्दीको मालिका गाउँपालिकाले नक्सा पास नगरी जथाभावी रुपमा भवन निर्माण गर्नेलाई सार्वजनीक सेवा रोक्का गर्ने निर्णय गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङ स्थित कार्यालयमा बिहीबार अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा बसेको बैठकले बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ कडाईका साथ लागु गर्ने निर्णय गरेको... पुरा पढ्नुहोस
मोना पोर्चुगलद्वारा बे्रनट्युमर पीडित कार्कीको उपचारमा २ लाख ८० हजार सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, १७ जेठ । बे्रनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका यामबहादुर कार्कीको उपचारका लागि मोना पोर्चुगलबाट २ लाख ८० हजार आर्थिक सहयोग गरेको छ। काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारका लागि मोना पोर्चुगलबाट संकलित सो रकम पीडितको परिवारलाई उपलब्ध गराईएको छ । ब्रेनट्युमरबाट... पुरा पढ्नुहोस
बुद्ध एकेडेमीका विद्यार्थीहरुलाई ट्राफिक निमय सम्वन्धी सचेतना
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, १८ जेठ । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडमीका विद्यार्थीहरुलाई विहीवार ट्राफिक निमय सम्वन्धी सचेतनामूलक तालिम दिइएको छ ।सामुदायिक प्रहरी सेवा केन्द्र बेनीको आयोजना र जिल्ला ट्राफिक कार्यालय म्याग्दीको समन्वयमा कक्षा ९ र १० का गरी ६० जना छात्रछात्राहरुलाई ट्राफिक नियम सम्वन्धि विभिन्न जानकारी दिइएको थियो ।... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाद्धारा अनुदानमा कृषि औजार वितरण
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
म्याग्दी १७ जेठ । कृषि उपजको उत्पादन वृद्धी र लागत घटाउने उद्देश्यले म्याग्दीको मंगला गाउँपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकहरुलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले पचास प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । कृषि विकास, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना... पुरा पढ्नुहोस
रघुगंगा जलविद्युत आयोजनामा ठेकेदार परिचालन
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, १७ जेठ । निर्माण सम्झौता भएको पाँच महिनापछि ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजनामा ठेकेदार परिचालन भएको छ । वि.स २०७१ सालमा सम्पन्न गर्ने उद्देश्यका २०६७ सालदेखि निर्माण सुरु भएको रघुगंगामा भारतीय ठेकेदार कम्पनी आइभीआरसियलले काम गर्न नसकेपछि आयोजना अलपत्र बनेको थियो । नेपाल विद्यूत् प्राधिकरणले भारतीय एक्जिम बैंकको सहुलियत... पुरा पढ्नुहोस
ब्रेनट्युमर रोगबाट पिडित बालकलाई आर्थिक सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- १६ जेष्ठ २०७५, बुधबार
म्याग्दी, १६ जेठ । म्याग्दीको बेनी नगरपालिका–९ घतानका ब्रेनट्युमर रोगबाट ग्रसित भएका ८ बर्षका बालक कृष चोखालको लागी आर्थीक सहयोग गरिएको छ । काउलेगौडा युवा क्लबले सञ्चालन गरेको आर्थीक संकलन अभियानमा संकलन भएको ४ लाख ८४ हजार २२ रुपैयाँ वुधबार पीडित बालकको घरमा नै पुगेर हस्तातरण गरिएको हो । क्लबले... पुरा पढ्नुहोस
स्वर्गिय बोहोराको घरपरिवारलाई हङकङबाट रु ३ लाख आर्थिक सहयोग हस्तान्तरण (फोटो फिचर)
- 7 बर्ष, 6 महिना अगाडि
- १६ जेष्ठ २०७५, बुधबार
म्याग्दी, १६ जेठ । स्तन क्यान्सर रोगबाट थलिएर हङकङमै मृत्युबरण गरेकी म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानकी गिता बोहोरा क्षेत्रीको घरपरिवारलाई राहत सहयोग गरिएको छ । स्तन क्यान्सर भएको पत्तो लागेपछि उनलाई हङकङ कै एक हस्पिटलमा भर्ना गरेर उपचार गरिदै आईरहेको थियो । स्वर्गीय बोहोराको उपचारको लागि आर्थिक सहयोग संकलन गर्ने अभियान... पुरा पढ्नुहोस