म्याग्दी समाचार
दरबाङमा एकिकृत घुम्ती शिवीर सुरु, सेवा लिन आउने सर्वसाधारणको भिड ( फोटो फिचर)
- 7 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, १८ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा बेनीबाट सेवा प्रवाह गर्ने जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर... पुरा पढ्नुहोस
लिटल गार्डेन एकेडेमीको आयोजनामा बेनीमा मण्टेश्वरी तालिम सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, १८ जेठ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीको आयोजनामा २ दिने मण्टेश्वरी तालिम सुरु भएको छ । किड्स पब्लीकेशनको सहकार्यमा आयोजित तालिममा जिल्लाका विभिन्न आवासीय विद्यालयका ४० जना शिक्षकहरुको सहभागीता रहेको छ । लिटल गार्डेन एकेडेमीका संस्थापक एवम निर्देशक बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै शिक्षा तथा समन्वय... पुरा पढ्नुहोस
वातावरण दिवसमा दरवाङमा बृहत् सरसफाई हुने
- 7 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, १८ जेठ । विश्व वातावरण दिवसको अवसरमा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बृहत् सरसफाई अभियान सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका र वास पत्रकार मञ्च म्याग्दीको संयुक्त संयोजनमा जेठ २२ गते उक्त अभियान सञ्चालन हुन लागेको हो । अभियानको पूर्वसन्ध्यामा शुक्रबार दरवाङका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु,... पुरा पढ्नुहोस
काँग्रेसको जागरण अभियान शुक्रबार बेनीमा सम्पन्न
- 7 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, १८ जेठ । नेपाली काँग्रेस म्याग्दीले जागरण अभियानलाई निरन्तरता दिएको छ । शुक्रबार बेनी नगरपालीकामा कार्यकर्ता जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर सभापती अनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला सभापति खम्वीर गर्बुजाले जनताको माग अनुसार विकास निमार्ण कार्यमा लाग्ने कार्यकतालाई आग्रह गरेका थिए । उनले... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालिकाको प्रोफाईल तयार
- 7 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, १८ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिकाको आर्थिक, सामाजिक, मानविय, भौतिक अवस्था समेटिएको बस्तुगत विवरण (प्रोफाईल) तयार भएको छ । पहिलो गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रोफाईल तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता शुभारम्भ उद्यमशिल नेपाल प्रालीले विवरणको शुक्रबार प्रस्तुतीकरण गरेको छ । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रममा परामर्शदाता... पुरा पढ्नुहोस
बेनी अस्पतालमा अनियमितता भएको आरोप सहित छानविनको माग
- 7 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७५, शुक्रबार
बेनी १८ जेठ । बेनी अस्पतालमा अनियमितता भएको आरोप सहित नेकपा निकट युवा र विद्यार्थी संगठनले छानविनको माग गरेका छन् । युवासंघ, वाईसीएल, अनेरास्ववीयु र अनेरास्ववीयु (क्रान्तिकारी)ले अनियमितताका १७ वटा बुदा सहित बिहीबार जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनको माग सहित उजुरी गरेका हुन् । किल्नीकल फिल्डमा... पुरा पढ्नुहोस
शिशु कल्याण माविको स्वर्णजयन्तीः विद्युतिय पुस्तकालय र अक्षयकोष स्थापनाको लागि चन्दा संकलन अभियान
- 7 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा रहेको शिशु कल्याण माध्यमिक विद्यालयको ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनाईने भएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्षगाँठ पुगेको अवसरमा जेठ २० गते हुने कार्यक्रमको प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन... पुरा पढ्नुहोस
चिमखोलामा भिरबाट लडेर मृत्यु
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
म्याग्दी १७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । चिमखोलाको गाईखर्क मा गोठ सार्ने क्रममा भिरबाट लडेर करिब ४५ वर्षिय डिलबहादुर तिलीजाको बुधबार घटनास्थलमा निधन भएको स्थानीय धु्रब पाईजाले जानकारी दिनुभयो । ओडारमा राखिएको भकारी गोठतर्फ लैजाने क्रममा लडेर निधन भएका... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा अपांग सञ्जाल गठन
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालिकामा गाउँपालिका स्तरीय अपांग सञ्जाल गठन भएको छ । विहिवार बावियाचौरमा भएको भेलाले चक्रबहादुर नेपालीको अध्यक्षतामा १२ सदस्यीय गाउँपालिका स्तरीय अपांगता सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा याम कुमारी किसान, सचिबमा रुद्र बहादुर खड्का, कोषाध्यक्षमा खिमनाथ आचार्य र सह–सचिबमा अनिल विक चयन भएका... पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर विषयमा अभिमुखीकरण
- 7 बर्ष, 6 महिना अगाडि
- १७ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, जेठ १७ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा बिहीबार शैक्षिक गुणस्तर समूहलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको हरेक कक्षाका ५ जना विद्यार्थी रहेको गुणस्तर सुधार समूहलाई विभिन्न विषयहरुमा सहजीकरण गरिएको हो । समूहले कक्षा तथा क्याम्पसमा हुने गतिविधिहरुको अवलोकन गरी अभिलेख एवं रिपोर्टिङ गर्ने बताइएको... पुरा पढ्नुहोस