जेसिभिको पार्टस डिलर पर्वत बेनीमा सुरु (तस्विरसहित )

  • १९ असार २०७५, मंगलवार
  • 2545 पटक पढिएको

बेनी १९ असार । जेसिभिको पार्टस डिलर पर्वतको जलजला गाउँपालिका २ पारी बेनीमा सुरु भएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बालकृष्ण खत्रीले सुरु गरेको डिलरको उद्घाट्न म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले गरेका हुन् ।


एमए डब्लु प्रा.लीको स्पायर पार्टसका ब्यवस्थापक विकास शर्माको अध्यक्षतामा भएको उद्घाट्न कार्यक्रममा बोल्दै संघका अध्यक्ष कर्माचार्यले हेभि डोजरहरुको आवश्यक पार्टपुर्जाको डिलर शुभारम्भले विकास निर्माणमा काम गर्ने डोजर तथा स्काभेटरको पार्टसका लागि बढी लागत तिरेर बाहिर गएर मर्मत गर्ने समस्या हटेको बताउदैँ पार्टससंगै मर्मत गर्ने अनुभवी कर्मचारी पनि ब्यवस्थापन गरिदिन कम्पनीलाई आग्रह गरेका थिए । सो उद्घाट्न कार्यक्रममा संघका पुर्व अध्यक्ष कुविरकुमार श्रेष्ठको उपस्थित भएको थियो ।

डिलर प्रोपाईटर बालकृष्ण खत्रीको स्वागत मन्तव्य तथा जेसिभि कम्पनीका सदस्य मेगराज पोखरेलको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । भने कम्पनीको पृष्ठभूमि,े सेवासुविधा र डिलर विस्तारबारे जानकारी गराएका थिए ।