बेनीमा ट्राफिक व्यवस्थापनको लागि क्याट आईज र जेब्रा क्रसिङको लाईन निमार्ण
- २१ असार २०७५, बिहीबार
- सन्दिप शर्मा
- 2238 पटक पढिएको
म्याग्दी, २१ असार । म्याग्दीको सदरमुकाम बेनी बजारमा बेनी नगरपालिका वडा नंम्बर ८ द्वारा जिल्लामा नै पहिलो पटक नमुनाको रुपमा ट्राफिक लाईन निमार्ण भएको छ । जिल्ला ट्राफिक कार्यलय म्याग्दीको पहलमा वडा कार्यलयले जिल्ला मा नै पहिलो पटक नमुना ट्राफिक लाईन निमार्णका लागि दुई लाख रुपौयाँको बजेटमा न्युरोड स्थित प्रभु बैंक देखि क्याम्पसचोक सम्म चार सय मिटर सडकमा ट्राफिक लाईन निमार्ण गरिएको वडा नंम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले बताउनु भयो ।
सडकमा २ सय ६२ वटा क्याट आई राखिनुको साथै रोड मार्किङ्ग र ४ ठाउँमा जेब्रा क्रसीङ्ग निमार्ण गरिको छ । साथै बेनि बजारमा रहेको कालिपुल बसपार्क नजिकै रहेको हस्पिटल चोकको उकालो घुम्तीमा कन्भेक्स ऐना राखि ट्राफिक लाईन निमार्ण गरिएको हो ।वडा कार्यलय सँग कम बजेट रहेको र अहिले थोरै मात्रा ट्राफिक लाईन निमार्ण गरिएको र अबको बजेटबाट नगरपालिका भित्र सबै पिच गरिएको ठाँउमा ट्राफिक लाईन निमार्ण गरिने योजना रहेको बेनी नगरपलिका प्रबत्ता समेत रहेका वडा अध्यक्ष बराईलीले बताउनु भयो ।
जिल्लामा नै पहिलो पटक तथा बजार क्षेत्रमा ट्रफिक लाईन निमार्ण भएपछि दुर्घटना कम हुनका साथै सर्वसाधरण तथा गाडिका चालकहरु लाई पनि ट्राफिक लाईनको बारेमा थप जानाकारी हुने जिल्ला ट्रफिक कार्यलय म्याग्दीका प्रमुख शिवप्रसाद पाठकले बताउनु भयो ।