म्याग्दी समाचार

म्याग्दीका स्थानीय तहमा बजेट निर्माणको तयारी सुरु, कस्ता योजना छनौट होलान !

म्याग्दी, २९ जेठ ।म्याग्दीमा आगामी आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु भएको छ । १ नगरपालिका र ५ गाउँपालिका सहित ६ स्थानीय तह रहेको यस जिल्लामा जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । संघिय सरकारले बजेट सार्वजनिक गरेपछि स्थानीय... पुरा पढ्नुहोस

भुरुङ तातोपानीका बाढी पिडितलाई जापानबाट आर्थिक सहयोग

पोखरेबगर २९ जेठ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ्गतातोपानीका बाढीबाट पिडितका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । हाल जापानमा रहनुभएका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगी स्थित लाफा कल्वले एक लाख ३० हजार रुपैया आर्थिक सहयोग गरेको हो । कल्वका कोषाध्यक्ष समेत रहनुभएका थापाले गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन... पुरा पढ्नुहोस

हिस्तानमा पर्यटनकाे बजेट सडकमा !

म्याग्दी, २९ जेठ । सडक सञ्जाल विस्तारका कारण पदमार्गहरु सुनसान बन्दै गएका छन् । पर्यटन व्यवसायीहरु सडकलाई पर्यटनको मूख्य चुनौती मान्छन् । तर, म्याग्दीको अन्नपूर्ण–७ हिस्तानमा भने पर्यटन क्षेत्रको विकासका लागि विनीयोजित बजेट सडक निर्माणमा खर्च गरिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले पर्यटन रोयल्टी बापत प्राप्त गरेको १० लाख... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा रोक

  बागलुङ, २९ जेठ । उच्च अदालत पोखरा, बागलुङले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ । मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश सकुन्तला घिमिरेको संयुक्त इजलासले जिल्ला प्रशासन कार्यालयसहित स्थानीय तहका नाममा सो निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो । अदालतले बागलुङ नगरपालिका, पर्वतको... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाका हरेक वडामा गौरवका योजना छानिदै

पोखरेबगर २८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षमा सबै वडामा कम्तीमा एक वटा गौरबको आयोजना सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन हुने योजना तर्जुमाका क्रममा एउटा वडामा कम्तीमा दश लाख रुपैया बजेटको एउटा गौरवको योजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो । प्राबिधिक... पुरा पढ्नुहोस

दोवाको डाडाँटोलमा नाली निर्माण

दोवा २८ जेठ । अन्नपूर्ण गाउँपालीका १ दोवाको डाँडाटोलमा नाली निर्माण भएको छ । गाउँपालीका र जिल्ला भुसंरक्षण कार्यालयको सहयोगमा स्थानीयबासीले ढल ब्यवस्थापनका लागि नाली निर्माण गरेका हुन् । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाको एक लाख र भुसंरक्षणको सत्तरी हजार रुपैया अनुदानमा ९३ मिटर लामो नाली निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष... पुरा पढ्नुहोस

पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा तीनसय बढी लाभान्वित (फोटोफिचर)

म्याग्दी, जेठ २८ । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको घुइँचो लागेको छ । ग्रामीण भेगका महिलाहरुलाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट तीनसय भन्दाबढी लाभान्वित भएका छन् । े माझफाँट महिला बचत तथा ऋण सहकारी... पुरा पढ्नुहोस

छुवाछुतकै कारण ज्यान लिनेलाई कारबाहीको माग

म्याग्दी, २८ जेठ । कालिकोटमा जातीय छुवाछुत तथा भेदभाव गरि जनप्रतिनिधि मना सार्कीको हत्या भएको विरोधमा म्याग्दीका दलित अधिकारकर्मीले सरकारको ध्यानकर्षण गराएका छन् । संयुक्त दलित संघर्ष समिति म्याग्दीले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र पठाउँदै छुवाछूतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा भएको अमानविय र क्रु्ररतापूर्ण घटनाले सिंगो दलित मुक्ति... पुरा पढ्नुहोस

डोजर दुर्घटनामा परि घाइते भएका प्रदिपको उपचारको क्रममा निधन

म्याग्दी, २८ जेठ । डोजर दुर्घटनामा परि शक्त घाईते भएका म्याग्दीको रघुगंगा गाउँपालिका – २ साझपानीका प्रदिप भण्डारीको उपचारको क्रममा निधन भएको छ । गत जेठ २२ गते गलेश्वर देखि जोमसोम जादै गर्दा लेतेमा सडकबाट अकस्मात डोजर खसेर दुर्घटना हुदाँ सो डोजरमा सवार शतिस भण्डारी र प्रदिप भण्डारी घाईते भएका... पुरा पढ्नुहोस

ढकाए

आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीका व्यवसायीले होटलमा बस्ने पाउनाललार्इ  स्वादिष्ट परिकारको रुपमा ढकाएको तरकारी दिने गर्दछन् । घोडेपानीका होटल ब्यवसायीहरु छानामा ढकाए सुकाउदै गरेको अवस्था । तस्विर ः धिरन खत्री घोडेपानी म्याग्दी । २८ जेठ । पुरा पढ्नुहोस