म्याग्दी समाचार

सामाजिक सञ्जालबाट जुट्यो ५० हजार

म्याग्दी, २५ माघ । बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारको गुमेको आँखाको उपचारका लागि मलेसियामा रहेका एक म्याग्देलीले सामाजिक सञ्जालको सहयोगमा ५० हजार आर्थिक संकलन गरेका छन् । बेनपा–१ अर्जम घरभई रोजगारको सिलसिलामा मलेसियामा रहेका आशिष परियार ‘झिल्के’ विभिन्न देशमा रहेका नेपालीबाट ५० हजार ८१७ रुपैयाँ संकलन गरेका हुन् । मलेसिया,... पुरा पढ्नुहोस

बेनीमा एकैदिन दुई कविता कन्सर्ट(भिडियो सहित)

सन्दीप खत्री  बेनी, २५ माघ । बिहिबार बेनीमा दुई वटा कविता कन्सर्ट कार्यक्रम सम्पन्न भए । नेपाली साहित्यको क्षेत्रमा आफ्नो परिचान वनाउँदै गरेका दुई युवा कविले म्याग्दीलाई कवितामय बनाए । कवि नवराज पराजुली र छन्द कवि सुदेश सत्यालले विहिबार बेनीमा भव्य प्रस्तुति दिए । https://www.youtube.com/watch?v=Q6GgSCAIkrw&t=6s विहान ८ बजेदेखि म्याग्दी बहुमुखी... पुरा पढ्नुहोस

धौलागिरि आधार शिविरमा थुप्रिएको फोहोर हटाउने तयारी

म्याग्दी, २५ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउने तयारी गरिएको छ । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि फ्याँक्दै आएको फोहोरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो । आधार शिविरमा... पुरा पढ्नुहोस

घर छाउन प्रयोग गरिने सेलेट ढुङ्गा फुटाउदै:

म्याग्दीको रघुगंगा गाउँपालिका २ सिरबारीमा स्थानीयबासीले बेनी जोमसोम करिडोर निर्माण कार्य भईरहेको सडक अन्तर्गत घर छाउन प्रयोग गरिने सेलेट ढुङगा फुटाउदै । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

राखु भगवतीमा निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा

  म्याग्दीको रघुगंगा गाउँपालिका २ राखुभगवतीमा १५ सैयाको निर्माणधिन स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा पुगेका छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बागलुङको सहयोगमा निर्माण सुरु भएको सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सो भवन २०७३ साल कार्तिक महिनादेखि सुरु भई २०७५ साल... पुरा पढ्नुहोस

उत्पादन मिति नराखीकन चाउमीन बिक्री

बेनी २४ माघ । म्याग्दीको बेनीमा उत्पादन मिती नराखीकन चाउमीन बिक्री गरेको भेटिएको छ । जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको कालीगण्डकी चाउचाउ उद्योगले उत्पादन मिती नराखीकन चाउमीन बेचेको पाइएको हो । उत्पादन मिती नभएको प्याकेटको चाउमीन प्रशासनले जफत गरी बुधबार नष्ट गरेको छ । बेनीका होटल तथा खाजा पसलहरुमा बिक्री... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहिन विद्याथीको लागि पुस्तकालय स्थापना गरिने

म्याग्दी, २३ माघ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहिन विद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु उपलब्ध नभएकाले उनीहरुको लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । क्याम्पसमा अहिले विएड दोस्रो बर्षमा दृष्टिविहिन गोपाल खत्री र... पुरा पढ्नुहोस

वन कार्यालय म्याग्दीले सार्वजनिक ग¥यो वार्षिक कार्यक्रम

म्याग्दी, २३ माघ । जिल्ला वन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षका लागि चालु र पूँजीगत गरी ८२ लाख ८ हजार रुपियाँ वरावरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मंगबार बेनीमा सरोकारवाला निकायहरु सहितको कार्यक्रम आयोजना गरी वन कार्यलयले आफ्ना कार्यक्रम सार्वजनिक गरेको हो । चालु आवमा कार्यालयले चालु र पूँजीगत... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा कबिता कन्सर्ट हुँदै

म्याग्दी, २३ माघ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बिहीबार कविता कन्सर्ट हुने भएको छ । यहि माघ २५ गतेका दिन म्याग्दी बहुमुखी क्याम्प्सको आयोजनामा कबि नवराज पराजुलीको कबिता कन्सर्ट हुने भएको हो। क्याम्पसमा मंगलबार पत्रकार भेटघाट गरेर कन्र्सट आयोजना गरिएको जानकारी गराईएको हो । कन्र्सटमा कबि पराजुलीले म्युजिक सहित... पुरा पढ्नुहोस

भगवतीका कृषक कार्कीले फलाए एउटै बोटमा साढे १४ केजीको काउली !(फोटो कथा )

म्याग्दी, २३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ घट्टका कृषक पदम बहादुर कार्की आफ्नो बारीमा फलेको साढे १४ किलोग्रामको काउली देखाउँदै । नयाँ तरिकाले कृषक कार्कीले उत्पादन गर्नुभएको सो काउली मुक्तिधाम माविका विद्यार्थीहरुले अवलोकन पछि खरिद गरेका छन् । व्यवसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएका कृषक कार्कीले हालै बेनीमा सम्पन्न छैटौँ... पुरा पढ्नुहोस