म्याग्दी समाचार

हटियाँ गाउँ

  भगवती, २३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको हटियाँ गाउँ । नेवारजातीको बसोबास रहेकोे गाउँमा परम्परागत कलासस्कृतिको संरक्षण गर्र्दै पर्यटन विकास लागि होमस्टे संचालनको सम्भावना रहेको छ । धिरन खत्री । पुरा पढ्नुहोस

छिसबाङका मल्लले गरे विद्यालयलाई कम्युटर सहयोग

म्याग्दी, २३ असार । म्याग्दीको मंगला गाउँपालिका –५ छिसबाङमा रहेको सारदा आधारभुत विद्यालयलाई एक युवाले कम्युटर सहयोग गर्नुभएको छ । कोरियाबाट आउनुभएका स्थानीय सन्तोष मल्लले रु ५४ हजार बराबरको कम्युटर उपलब्ध गराउनुभएको हो । विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खत्री र प्रअ खगेन्द्र सापकोटालाई... पुरा पढ्नुहोस

जलजलामा करिब ३८ करोडको बजेट सार्वजनीक

बेनी २३ असार । सडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनीक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि करिब ३८ करोड रुपैयाको बजेट सार्वजनीक गरेको छ । लामाखेत स्थित गाउँपालीकाको केन्द्रमा जारी चौथो गाउँसभामा शुक्रबार उपाध्यक्ष सिमा गर्बुजा (पुन)ले ३७ करोड ९०... पुरा पढ्नुहोस

रुइसेको थामकोटमा भ्यु टावर निर्माण सुरु

म्याग्दी २३ असार । रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे स्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासीन्दाले भ्यु टावर निर्माण सुरु गरेका हुन् । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भ्यु... पुरा पढ्नुहोस

धौलागिरीका अधिकांश योजना सम्पन्न

ताकम २३ असार । म्याग्दीको धौलागिरी गाउँपालीकाले चालु आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् ।गाउँपालीकाले संगम म्याग्दीको व्यवस्थापन तथा समन्वयमा शुक्रबार ताकममा आयोजना गरेको सार्वजनीक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले ९० प्रतिशत पूर्वाधार योजनाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो । पूर्वाधारतर्फका ११०,... पुरा पढ्नुहोस

पर्यटकको सुविधाको लागि तातोपानीमा सार्वजनीक शौचालय निर्माण

म्याग्दी २२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका–२ भुरुङ तातोपानीमा पर्यटकको सुविधाको लागि सार्वजनीक शौचालय निर्माण गरिएको छ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत पर्ने भुरुङ तातोपानीमा आवत जावत गर्ने पर्यटनक र यात्रुको सुविधाको लागि रु ८ लाख ३ हजार ४४२ को लागतमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो । पश्चिम नेपाल ग्रामीण... पुरा पढ्नुहोस

बस्ती माथि खनिएको सडकका कारण पहिरोको जोखिम

बेनी २२ असार । म्याग्दीको मंगला गाउँपालीका ५ छिस्वाङ गाउँ बस्ती माथिबाट अव्यवस्थित रुपमा खनिएको सडकका कारण पहिरोको जोखिममा परेको छ । रकुम टिकावाङ सडक खन्दा निस्कीएको माटो खहरे खोलामा बाढी बनेर आउन थालेपछि बस्ती जोखिममा परेको हो । बिहीबार राती खहरे खोलाबाट आएको बाढीले मनबहादुर पुन र पुर्णबहादुर पुनको... पुरा पढ्नुहोस

घ्याँसीखर्कस्थित रघुगंगा माथि झोलुङ्गे पुल निर्माण

म्याग्दी, २२ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित घ्याँसीखर्कमा रघुगंगा नदी माथि निर्मित पुलको बिहिबार उद्घाटन गरिएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) मार्फत २५ लाख ५९ हजार, गाउँपालिकाको १ लाख ८६, जनश्रमदान ६० हजार ५ सय, लठ्ठा, वुलपग्रिस १ लाख ९२ हजार गरि २९ लाख ९२ हजार रुपैयाँको... पुरा पढ्नुहोस

बेनीमा ट्राफिक व्यवस्थापनको लागि क्याट आईज र जेब्रा क्रसिङको लाईन निमार्ण

म्याग्दी, २१ असार । म्याग्दीको सदरमुकाम बेनी बजारमा बेनी नगरपालिका वडा नंम्बर ८ द्वारा जिल्लामा नै पहिलो पटक नमुनाको रुपमा ट्राफिक लाईन निमार्ण भएको छ । जिल्ला ट्राफिक कार्यलय म्याग्दीको पहलमा वडा कार्यलयले जिल्ला मा नै पहिलो पटक नमुना ट्राफिक लाईन निमार्णका लागि दुई लाख रुपौयाँको बजेटमा न्युरोड स्थित प्रभु... पुरा पढ्नुहोस

वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकको शाखा विस्तार

बेनी २१ असार । जलजला गाउँपालीका ३ वारीबेनीमा सांग्रीला डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेर कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट (ख) बर्गको बैंकको अनुमती पाएको सांग्रीलाले म्याग्दी र पर्वतको उत्तरी क्षेत्रका सेवाग्राहीहरुलाई लक्षित गरेर वारीबेनीमा शाखा विस्तार गरेको हो । शाखाबाट निक्षेप संकलन, कर्जा लगानी, रेमिटेन्स लगायत बैङ्कीङ... पुरा पढ्नुहोस