म्याग्दी समाचार

मुनामा किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम

मुना, २ असार । धौलागिरी गाउँपालीका ३ मुनामा शुक्रबार किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक, प्राबिधिक सहयोग, कदम म्याग्दीको आयोजनामा तिन दिन सम्म सञ्चालन भएको तालीममा गुर्जा, लुलाङ, मुना, मुदी र मराङका १७ जनाको सहभागीता रहेको थियो । यौन... पुरा पढ्नुहोस

ताकममा आमा समूहद्धारा मन्दिर निर्माण

ताकम, १ असार । धौलागिरी गाउँपालीका ७ ताकममा आमा समूहले मन्दिर निर्माण गरेका छन् । भगवती आमा समूहले निर्माण गरेको सुर्यनारायण मन्दिरको शुक्रबार गाउँपालीकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले कला, संस्कृती, ऐतिहाँसीक र धार्मीक सम्पदाको संरक्षणमा जोड दिदै महिलाहरु विकास निर्माण र सामाजिक रुपान्तरणमा अग्रसर बन्नुपर्ने बताउनुभयो... पुरा पढ्नुहोस

नागरिक सङ्गठनले बुझाए ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

म्याग्दी, असार १ – म्याग्दी जिल्लामा क्रियाशिल विभिन्न नागरिक सङ्गठनहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । गत जेठ २५ गते नेपाल सरकार गृह मन्त्रालयबाट सामाजिक संघसंस्थाहरुलाई नियन्त्रण गर्ने अभिप्रायले जारी भएको सूचनाप्रति नागरिक सङ्गठनहरुले ध्यानाकर्षणस्वरुप ज्ञापनपत्र बुझाएका हुन् । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दी, सामुदायिक... पुरा पढ्नुहोस

नेकपाको अगुवा कार्यकर्ता भेला तथा अन्त्रकिय्रा, पार्टी एकतालाई तल्लो तहसम्म पुर्‍याउनुपर्नेमा जोड

म्याग्दी, १ असार । पार्टी एकताको घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा अगुवा कार्यकर्ता भेला एवं अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘माक्र्सवाद लेनिनवादको प्रकाशमा पार्टी एकतालाई सुदृढ गरौं, लोककल्याणकारी स्थायी सरकारमार्फत समाजवादको यात्रामा अघि बढौं’ भन्ने मूल नारासहित सदरमुकाम बेनीमा... पुरा पढ्नुहोस

चार वर्षसम्म लगातार दूध दिने भैसी !

बेनी १ असार । म्याग्दीका कृषकले पालेको एउटा भैसीले लगातार चार वर्षदेखि दूध दिईरहेको छ । बेनी नगरपालीका २ रोहोटे पानीका कुलानन्द र गिताकुमारी रिजालले पाल्नुभएको भैसीले २०७१ देखि हालसम्म निरन्तर दूध दिईरहेको हो । वि.स २०७१ साउन २५ गते ब्याएको भैसीले त्यसपछि नब्याएको र बिहान, बेलुकी दूध दिईरहेको कृषक... पुरा पढ्नुहोस

रघुगंगाका महिलाहरु नेतृत्व र क्षमत्ता विकासमा अग्रसर

  मौवाफाँट १ असार । आफ्नो भावना र बिचार व्यक्त गर्ने सिपको अभावमा पछि परेका रघुगंगा गाउँपालीकाका महिलाहरु नेतृत्व तथा क्षमत्ता विकासमा अग्रसर भएका छन् । गाउँपालीकाका महिला जनप्रतिनिधि, आमा समूह, युवा कल्व र सामाजिक संघ संस्थाको अगुवाई गरिरहेका महिलाहरु आफ्नो बिचार र भावनालाई प्रभावकारी दंगले व्यक्त गर्ने भनेर तालीम... पुरा पढ्नुहोस

टोल टोलमा प्रहरी कार्यक्रम सञ्चालन गरिने

बेनी १ असार । जिल्ला प्रहरी कार्यालयले अपराध, बिकृती, दुब्र्यसनी, दुर्घटना न्युनीकरणका लागि समुदायसंग सहकार्य गर्ने उद्देश्यले टोल टोलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अन्तरगत प्रहरीको बस्तीस्तरमा पहुँच र उपस्थिती बढाएर विश्वास बढाई बिचौलीया निरुत्साहीत गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले टोल टोलमा पुग्न लागिएको प्रनाउ... पुरा पढ्नुहोस

दरवाङमा लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण

म्याग्दी, १ असार । मालिका गाउँपालीकाको केन्द्र दरवाङमा बिहीबार लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।वडा स्तरीय दलित सञ्जालले आयोजना गरेको कार्यक्रममा दलित अगुवा छवी विश्वकर्माले दलित हक अधिकार र मेडिकल अधिकृत कृष्ण कडेलले लागु औषध दुब्र्यसनीको कारण, यसको असर र न्युनीकरणका उपायका विषयमा सहजिकरण गर्नुभएको... पुरा पढ्नुहोस

निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगारो

सन्तोष गौतम  म्याग्दीमा,  १ असार ।  लेखापढी र कानून व्यवसायीले अस्वाभाविक रुपमा लिने चर्को सेवा शुल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानून व्यवसायीले प्रदान गर्ने सेवाको शुल्क निर्धारण नगर्दा प्रहरी, प्रशासन, अदालत, मालपोतलगायत कार्यालयमा सेवा लिने आमनागरिक पाइलैपिच्छे ठगिन बाध्य भएका छन् । मनोमानीरुपमा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा टेलिटिचिङ सुरु हुँदै

म्याग्दी, १ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरलाई सुधार ल्याउन टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपमा विकटता रहेको र विद्यालयहरुमा प्रयाप्त बिषयगत जनशक्ति नभएकाले गाउँपालिका भित्र रहेका १० वटा माध्यमिक विद्यालयहरुमा टेलिटिचिङको अवधारणा अघि सारिएको हो । एक विद्यालयको पठनपाठनको शैलिलाई अर्को विद्यालयमा प्रत्येक्ष रुपमा हेर्न मिल्ने... पुरा पढ्नुहोस