म्याग्दी समाचार

शिक्षण पेशााबाट अवकाश लिएका नन्द केसीलाई मुक्तिधामबाट विदाई

म्याग्दी, २ भदौँ । ३६ बर्ष निरन्तर शिक्षण पेशामा रहेर अवकाश लिएका नन्दबहादुर केसीलाई मुक्तिधाम माविबाट विदाई गरिएको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा रहेको मुक्तिधाम माविका ब्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थितमा २०३९ सालबाट शिक्षक पेशाामा रहेका केसीलाई शुक्रबार विद्यालयले फूलमालाले सम्मान गर्दै विदाई गरेको हो ।... पुरा पढ्नुहोस

बाढीले बाँधमा क्षती पु¥याउँदा म्याग्दी र मुस्ताङका २ जलविद्युत् आयोजना बन्द

म्याग्दी, २ भदौ । बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो ।टुकुचे हिमालको फेदीमा रहेको... पुरा पढ्नुहोस

मुस्ताङःबाढीग्रष्त क्षेत्रमा पुग्यो युवा समिति

मुस्ताङ,२ भाद्र । जिल्ला युवा समिति मुस्ताङ यसपटक वाढी पहिरो सहयोगमा जुटेर उदाहरणीय कार्य गरेको छ ।नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठन भएको युवा समितिले जिल्लाका युवाहरुलाई उद्यम बिकास तथा क्षमता अभिबृद्धि लगायत आर्थिक लगानीमा योगदान गर्दे आईरहेकोमा समितिका पदाधिकारीहरुले मानवीय सहयोगका लागि बाढी पहिरो पीडितको उद्दार तथा... पुरा पढ्नुहोस

कालीगण्डकीको धार परिवर्तनः तातोपानीकुण्ड जोखिममा, मासु पसल र ब्लक उद्योग डुबानमा (फोटो फिचर)

बेनी, २ भदौ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा कालीगण्डकी नदीले धार परिवर्तन गरेपछि एक मासु पसल र ब्लक उद्योग डुबानमा परेका छन् । कालिगण्डकी नदीको सतह बढेर धार परिवर्तन गर्दा नदीको किनारमा रहेको भुरुङ–तातोपानि मिट सप्लायर्स एण्ड फ्रेश हाउस र भुरुङ तातोपानि ब्लक उधोग डुवानमा परेका छन् । त्यसैगरि खेलकुद मैदान... पुरा पढ्नुहोस

कलाकार थापाद्धारा दिवंगत छोरीको स्मृतीमा अक्षयकोष स्थापना (फोटो फिचर)

म्याग्दी २ भदौ । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापाले दिवंगत छोरीको स्मृतीमा रघुगंगा गाउँपालिका ७ चिमखोला स्थित अमर माविमा अक्षयकोष स्थापना गर्नुभएको छ । अस्टे«लीयाको सिड्नीमा दिवंगत भएकी संगिता राम्जालीको वार्षिक पुण्य तिथी पारेर शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गरिब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि तिन लाख रुपैयाको अक्षयकोष... पुरा पढ्नुहोस

म्याग्दीको बाढी पहिरोको समस्याबारे साँसद थापाद्धारा सरकारको ध्यानकर्षण

म्याग्दी, १ भदौ । म्याग्दीका प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापाले गत मंगलवार राती आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत र जोखिमपूर्ण क्षेत्रहरुमा संरक्षणको लागि सरकारको ध्यानकर्षण गराउनुभएको छ । संघिय संसदमा बिशेष समय लिएर बोल्दै साँसद थापाले पहिरोबाट  मालिका गाउँपालिका-२ बिलबाङमा ६ घर पूर्ण रुपमा क्षती भएको र उत्तरी... पुरा पढ्नुहोस

कालिगण्डकीको बिचमा फसेको कुकुरको २६ दिनपछि यसरी भयो उद्धार (फोटो कथा)

म्याग्दी, १ भदौ । केही दिन अघि सामाजिक सञ्जालमा कालिगण्डकी नदीको बिच भागमा एउटा कुकुर फसेर अड्कीएको मनछुने तस्बिर भाइरल बन्यो । बेनी नगरपालिका– ९ गलेश्वर स्थित कालिगण्डकी र रघुगंगा नदीको दोभान नजीकै उर्लिरहेको कालिगण्डकीको बिचमा रहेको सानो बगरको टापुमा कुकुर अल्पत्र परेको थियो । नदीमा भेल आउँदा सानो ढुंगोमाथि... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीले बुझायो करको विरोध गदैं ज्ञापनपत्र

म्याग्दी,१ भदौ । नेपाली कांग्रेस म्याग्दीले अत्याधिक रुपमा बढाइएको करले जनता मर्कामा परेको भन्दै करको दर समायोजन गर्न माग गरेको छ । स्थानीय तहको निर्वाचनले जनतालाई घरदैलोमा सुविधा पुग्नुपर्नेमा जनताको आयस्तरले ठेग्न नसक्ने करको भारी बोक्न बाध्य भएको भन्दै जनभावना अनुसार करको दर समायोजनको माग गदैं बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको... पुरा पढ्नुहोस

मुदीमा सरसफाई अभियान सञ्चालन गरिने

म्याग्दी, १ भदौ । धवलागिरी गाउँपालिका–४ मुदीमा गुडनेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग,धवलागिरी गाउँपालिकाको समन्वयमा कदम म्याग्दीले बुुद्धि विकास माविमा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको तालिम तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा कदम म्याग्दीकी जनस्वास्थ्य सहायक निरमाँया मिजारले गरेकी थिईन् । कार्यक्रममा सरसफाईले ब्यक्तिगत तथा समाजको सुन्दरतालाई सघाउने... पुरा पढ्नुहोस

थामडाँडामा निर्मित खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)

म्याग्दी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा सिङ्गा खानेपानी तथा सरसफाई आयोजना स्किम नम्बर १ को निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत सञ्चालन भएको सो आयोजनाबाट ३७ घरधुरीको घरघरमा खानेपानी सुविधा विस्तार गरिएको छ । लागत स्टिमेट भन्दा करिब १ लाख कम... पुरा पढ्नुहोस