कृषि र पशुपालनमा सम्भावना खोज्दै मंगला
- ८ मंसिर २०७५, शनिबार
- सन्तोष गौतम
- 1547 पटक पढिएको
बेनी, ७ मंसिर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि ग्रामिण कार्यशाला गोष्ठि सुरु भएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेको आयोजना र मंगला गाउँपालिकाको व्यवस्थापनमा कृषि र पशुपालन सम्बन्धि समस्या पहिचान र निराकरणका उपायको खोजी गर्ने उद्देश्यले सुरु भएको गोष्ठि दुई दिन सम्म सञ्चालन हुने जनाइएको छ ।
३५ जना अगुवा कृषकहरुका साथै जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको तालिमको केन्द्रका निर्देशक डाक्टर तुलबहादुर पुनले सहजिकरण गर्नुहुने गाउँपालिकाका राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले कृषि र पशुपालन क्षेत्रको विकासमा प्राथमिकता दिएको बताउनुभयो । प्राबिधिक अधिकृत सन्दिप तिमिल्सीनाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको पनि उपस्थिती रहेको थियो ।